अनमोल केसीले लिए १ करोड पारिश्रमिक !

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ७, २०७५
|
|
२३ पटक हेरिएको
Shares
अनमोल केसीले लिए १ करोड पारिश्रमिक !

सारांश

  • काठमाडाै, ७ असाेज ।
  • अनमोल केसी नेपाली फिल्म बजारका ‘मोस्ट डिमान्डेड’ अभिनेता हुन् ।
  • उनले अभिनय गरेका सबै फिल्म सफल भएका कारण, उनि बक्सअफिस रेसको पहिलो नम्बरमा छन् ।

काठमाडाै, ७ असाेज । अनमोल केसी नेपाली फिल्म बजारका ‘मोस्ट डिमान्डेड’ अभिनेता हुन् । उनले अभिनय गरेका सबै फिल्म सफल भएका कारण, उनि बक्सअफिस रेसको पहिलो नम्बरमा छन् ।विशेष गरि नेपाली फिल्म क्षेत्रमा अनमोलको लूक्स, स्टारडम र पारिश्रमिकको चर्चा हुन्छ ।

यहाँसम्मकी उनि अहिलेका सर्वाधिक महँगा अभिनेताको रुपमा दरिएका छन् । साप्ताहिक पत्रिका शुक्रबारलाई दिएको अन्तर्वार्तामा अनमोलले २ फिल्मबाट मात्र १ करोड पारिश्रमिक लिएको बताएका छन् । नेपालमा यति धेरै पारिश्रमिक अहिलेसम्म कुनै पनि अभिनेताले लिएका छैनन् ।

मिडियामा आएका पारिश्रमिकका कुरामा सत्यता रहेको बताउँदै ‘ए मेरो हजुर ३’ र ‘ब्याचलर बन्टी’बाट ५०-५० लाख लिएको पुष्टि गरेका छन् । उनले पारिश्रमिकबाट सरकारलाई कर पनि तिरिसकेको बताएका छन् ।

अहिले ‘ए मेरो हजुर ३’ फिल्मको छायाँकनमा व्यस्त रहेका अनमोलले केहि समय अगाडी ‘क्याप्टेन’को छायाँकन सकाएका थिए । ‘क्याप्टेन’मा उनि फुटबल खेलाडीको भूमिकामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?