नेपाल कतारसँग ४ विकेटले पराजित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ७, २०७६
|
|
३७ पटक हेरिएको
Shares
नेपाल कतारसँग ४ विकेटले पराजित

सारांश

  • काठमाडौं।
  • आईसीसी टि ट्वान्टी विश्व कप छनोटको एसिया फाइनलमा नेपालले प्रतियोगिता हारबाट शुरआत गरेको छ ।
  • मंगलबार सिंगापुरमा नेपाल कतारसँग ६ विकेटले पराजित भएको हो।

काठमाडौं। आईसीसी टि ट्वान्टी विश्व कप छनोटको एसिया फाइनलमा नेपालले प्रतियोगिता हारबाट शुरआत गरेको छ । मंगलबार सिंगापुरमा नेपाल कतारसँग ६ विकेटले पराजित भएको हो।
टस जितेर पहिला ब्याटिंग गरेको नेपालले ९ विकेटमा १२२ रन बनाएको थियो। जवाफी ब्याटिंग गरेको कतारले ६ विकेट गुमाएर १९ ओभर ४ बलमा १२४ रन बनायो। कतारका इनाम उल हकले ४१ रन बनाएपछि नेपाल अप्रत्यासित हार व्यहोर्न पुगेको हो। नेपालका लागि सन्दीप लामिछानेले ३३ रन दिएर ३ विकेट लिएपनि अन्य बलरले उनलाई राम्रो साथ दिन सकेनन्। कतारका दुईजना ब्याट्सम्यान रनआउट हुन पुगेका थिए भने एक विकेट करण केसीले लिएका थिए।

नेपालको ओपनिंग जोडीले कीर्तिमानी ४९ रन जोडेपनि त्यसलाई मध्यक्रमले पूजिँकृत गर्न नसक्दा नेपालले चुनौतीपूर्ण लक्ष्य दिन सकेन। ओपनर कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ४९ जोडेका थिए। खड्काले २८ रन बनाए भने मल्लले २३ रन बनाए । नेपालका लागि सर्वाधिक रन दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए। अन्य ब्याट्सम्यानले राम्रो ब्याटिंग गर्न नसक्दा नेपाल कमजोर मानिएको कतारसँग पराजित हुन पुगेको हो।

यो खेलमा पराजित भएसँगै उपाधि जितेर ग्लोवल छनोट खेल्ने नेपालको लक्ष्यमा झट्का लागेको छ। अब नेपालले बाँकी ३ खेलमा नेट रनरेट सुधारसहित जित हात पार्नुपर्नेछ । ५ टिम सहभागी प्रतियोगिताको उपाधि जित्ने टिमले ग्लोवल छनोट खेल्न पाउनेछ । पाँच टिम मध्ये नेपाल र कुवेतमात्र हालसम्म जितबिहीन छन्। नेपालले बुधबार मलेसियासँग खेल्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?