२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
५० पटक हेरिएको
Shares
२३५० डलर तिरेर यसरी त्याग्न सकिन्छ अमेरिकन नागरिकता

सारांश

  • काठमाडाै, १० असार ।
  • सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ ।
  • दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज छ ।

काठमाडाै, १० असार । सामान्यतया कुनै व्यक्तिले अमेरिकी नागरिकता त्याग्न चाहन्छ भने सबैभन्दा पहिले उसले अर्को देशको नागरिकता र पासपोर्ट लिनुपर्छ ।

दोहोरो नागरिकताका लागि अनुमति दिने देशको नागरिकता लिएपछिमात्र अमेरिकी नागरिकता त्याग्न सहज छ । कुनै पनि व्यक्ति राज्यविहिन हुनसक्ने खतरा भएका कारण दोश्रो देशको नागरिकता नलिएसम्म अमेरिकी नागरिकता त्याग्दा कानुनी जटिलता पैदा हुनसक्छ ।

कतिपय कुटनीतिक पोष्टहरुले दोश्रो देशको नागरिकता वा पासपोर्ट नभएको व्यक्तिको पनि अमेरिकी नागरिकता सहजै खारेज गरिदिन सक्छन् तर कतिपय कुटनीतिक पोष्टहरुले दोश्रो देशको नागरिकता वा पासपोर्ट नभएसम्म अमेरिकी नागरिकता खारेज गर्न मान्दैनन् । यद्यपी अमेरिकाले नागरिकता खारेजीमा स्वीकृति जनाएपनि सम्बन्धित व्यक्तिले भने आफू स्टेटलेस हुनसक्ने खतराबारे बुझ्न जरुरी छ । अमेरिकी नागरिकता त्यागेपछि अर्को देशको नागरिकता छैन भने त्यो व्यक्ति स्टेटलेस हुन्छ ।

दोहोरो नागरिकताको लागि अनुमति दिने र नदिने देशको सुची हेर्नुहोला ।

कुनै नेपालीले नेपालको नागरिकता त्यागेर अमेरिकी नागरिकता लिएको छ भने वर्तमान कानुनी अवस्थामा अमेरिकी नागरिकता त्याग्न सहज छैन । तर असम्भव भने छैन । अहिलेसम्मको नेपालको कानुन अनुशार अमेरिकी नागरिकता लिइसकेपछि उक्त व्यक्तिले नेपालको नागरिकता त्याग्नुपर्छ । र, अमेरिकी नागरिकता छँदाछँदै उक्त व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्दैन । किनभने नेपालको कानुनमा दोहोरो नागरिकताको व्यवस्था छैन । तर अमेरिकी कन्सुलेटले अनुमति दिएको खण्डमा भने उसले नेपालको नागरिकता पुन प्राप्त नगर्दै पनि अमेरिकाको नागरिकता त्याग्न सक्छ । यसरी अमेरिकी नागरिकता त्याग्दा उसले नेपालको नागरिकता पुन प्राप्त नगर्दासम्म स्टेटलेस हुने खतरा रहन्छ ।

कुनै व्यक्तिसँग अर्को देशको नागरिकता छैन भने कन्सुलर अफिसरले स्टेटलेस हुनसक्ने खतराबारे बुझाउनुपर्छ । अझै पनि व्यक्तिले नागरिकता त्याग्न खोज्छ भने कन्सुलर अफिसरले त्यसका लागि प्रकृया अगाडि बढाउनसक्ने प्रावधान छ । हेर्नुहोस् आन्तरिक निर्देशिका ।

अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेटले अर्को देशको पासपोर्ट नभएको व्यक्तिको अमेरिकी नागरिकता सहजै खारेज गर्न अस्वीकार गर्छ । नागरिकता फिर्ता गर्ने अप्वाइन्टमेन्टमा फिर्ता गर्न चाहने व्यक्तिले अर्को देशको पासपोर्ट ल्याउन सुझाव दिइएको छ । तर नेपालका सन्दर्भमा वर्तमान कानुन अनुशार अमेरिकी वा अन्य कुनै देशको नागरिकता छँदाछँदै नेपालको नागरिकता वा पासपोर्ट लिन सम्भव छैन । यदि कसैले अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि बोक्छ भने त्यो अहिलेको नेपालको कानुन अनुशार गैरकानुनी हो ।

विदेशमा रहँदै अमेरिकाको नागरिकता त्याग्नसक्ने बारे अमेरिकी सरकारको प्रावधान हेर्न यहाँ क्लिक गर्नुहोला ।

दोश्रो देशको पासपोर्ट भइसकेपछि अप्वाइन्टमेन्ट भन्दा अगाडि डीएस ४०७९ फर्म भर्नुपर्छ । अप्वाइन्टमेन्टका बेलामा डीएस ४०८०, डीएस ४०८१, डीएस ४०८२ र डीएस ४०८२ नामका फर्महरु भर्नुपर्छ । यी फर्महरु चेकमार्क लगाउने खालका र सजिला छन् ।

अमेरिकी नागरिकता त्याग्नका लागि कन्सुलेट अफिसमा अप्वाइन्टमेन्ट लिन सकिन्छ । अप्वाइन्टमेन्ट लिइसकेपछि अप्वाइन्टमेन्टको बेलामा अमेरिकी पासपोर्ट र अर्को देशको पासपोर्ट गरी दुईवटै पासपोर्ट लैजानु अनिवार्य हुन्छ । जन्मदर्ता प्रमाणपत्र र पछिल्लो नागरिकता लिएको देशको नागरिकताको प्रमाणपत्र पनि ल्याउनुपर्छ । अमेरिकी नागरिकता त्याग्ने व्यक्तिले अमेरिकाको नागरिक रहँदासम्मको ट्याक्स फाइल गर्नुपनि जरुरी हुन्छ ।

अमेरिकी नागरिकता त्याग्नका लागि लाग्ने शुल्क अहिले २३५० अमेरिकी डलर रहेको छ । यो शुल्क ४५० डलरबाट एकैपटक बढाइएको हो ।

अमेरिकी नागरिकता त्याग्ने स्टेपहरु बिस्तारमा यहाँ पढ्न सक्नुहुनेछ ।

अमेरिकी नागरिकता खारेजीको प्रमाणपत्र ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा
अन्तर्राष्ट्रिय म्याराथन दौड जेठ ५ मा
राष्ट्रपति कुर्दै प्रधानमन्त्री
राष्ट्रपति कुर्दै प्रधानमन्त्री
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
हामी छिटै मारिन्छौं भन्ने अवस्थामा पुगेका थियौं : प्रचण्ड
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
गोदामघर सञ्चालनमा ल्याउन मुख्यमन्त्री जमकट्टेलको निर्देशन
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट गराउने पक्राउ
कसले हत्याउला उपसभामुख ?
कसले हत्याउला उपसभामुख ?
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
झ्याप्ले खोलामा अवरुद्ध सडक खुलेयता १७ सय सवारी काठमाडौँ  भित्रिए
1xbet 1хбет: бонус при регистрации 25000 Обзор и отзывы о 1xbet. Ставки на футбол, теннис, бокс. Вход на 1 Икс Бе
‘धेरै दलभन्दा थोरै दल वा गठबन्धन नै ठीक’
‘धेरै दलभन्दा थोरै दल वा गठबन्धन नै ठीक’