देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार अन्धकारमा !
सारांश
- काठमाडौं, १ जेठ ।
- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगातार तीन दिनदेखि अन्धकारमा रहेको छ ।
- उर्जामन्त्री वर्षमान पुनले देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार भित्रै तीनदेखि बत्ति छैन ।
काठमाडौं, १ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगातार तीन दिनदेखि अन्धकारमा रहेको छ ।
उर्जामन्त्री वर्षमान पुनले देशभरी लोडसेडिङमुक्त घोषणा गरे संगै सिंहदरबार भित्रै तीनदेखि बत्ति छैन । सो मन्त्रालयमा काम लिएर आएका सेवाग्राही प्रवेश पास लिन गेटमा लाइन बसिरहेको एक सेवाग्राहीले बताए । साथै, मन्त्रालयको कामकारवाहीमा असर परिरहेको एक अधिकारीले खुलासा गरे ।
सोही मन्त्रालयबाट वन मन्त्रालयमा इन्टरनेट आपूर्ति हुने व्यवस्था रहेकाले वन मन्त्रालय इन्टरनेट विहिन भएको र दैनिक कामकाज गर्नै गाह्रो भएको एक कर्मचारीले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया