२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २७, २०७५
|
|
४५ पटक हेरिएको
Shares
२६ वर्षपछि गाउँमा बिजुली बाल्ने प्रयास सफल

सारांश

  • दार्चुलात, २७ कात्तिक ।
  • दार्चुलाको महाकाली नगरपालिका(२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युत् पुर्‍याउन थालेको प्रयास २६ वर्षपछि सफल भएको छ।
  •  अर्थात् वरपर विद्युत पुगेको २६ वर्षपछि उनको गाउँमा बल्ल बिजुली बलेको हो।

दार्चुलात, २७ कात्तिक । दार्चुलाको महाकाली नगरपालिका(२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युत् पुर्‍याउन थालेको प्रयास २६ वर्षपछि सफल भएको छ। अर्थात् वरपर विद्युत पुगेको २६ वर्षपछि उनको गाउँमा बल्ल बिजुली बलेको हो। गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमै दुई सय किलोवाट विद्युत् उत्पादन सुरु भएको थियो। यसबाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले बिजुली बाल्न पाएका थिएनन्।

वरपरका गाउँमा यसअघि नै बिजुली बलेको थियो। साहुले २०४९ सालमा विद्युतीकरणका लागि तीनवटा पोल गाउँमा  पुर्‍याएका थिए। गाउँमा पोल  पुर्‍याए पनि बिजुली बाल्न भने सकिएको थिएन। ‘ठेक्का भयो, छिमेकी गाउँमा बिजुली बल्यो, नजिकैको मूल्लामा बिजुली बाल्न सकिएन,’ साहुले भने। छिमेकी गाउँका बासिन्दाले बिजजुली बालेको हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो। अहिले गाउँलेले नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रबाट आफैले ६ वटा पोलमा साढे चार किलोमिटर लामो तार तानेर गाउँमा बिजुली बालेका छन्।

पूर्व वडाध्यक्ष प्रेमसिंह साहु सामान ढुवानी बापतको रकम आफैले तिरेको बताउँछन्। मैखौलीमा डेढ महीनाअघि विद्युत् पुग्यो। मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए। अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन्। स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीइतर समुहका मन्त्रीहरुको गोजीमा राजीनामा पत्र
ओलीइतर समुहका मन्त्रीहरुको गोजीमा राजीनामा पत्र
पाथीभरामा दर्शनार्थीको भीड
पाथीभरामा दर्शनार्थीको भीड
सर्वोच्चमा भरतपुर मतगणना विवादः केहीबेरमा यस्तो हुनसक्छ निर्णय !
सर्वोच्चमा भरतपुर मतगणना विवादः केहीबेरमा यस्तो हुनसक्छ निर्णय !
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
मैनालीसँगै नख्खु जेल ब्रेक गर्ने पूर्व सभासद घिमिरे काठमाडौंबाट बेपत्ता
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
पूर्वीनाकाबाट मात्रै गत आवमा छ अर्ब ३० करोड रुपैयाँ बराबरको तरकारी र फलफूल आयात
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
प्रम कप क्रिकेट : लुम्बिनीले कर्णालीलाई दियो एक सय ३४ रनको चुनौती
भारत पुगेर प्रधानमन्त्री देउवाले नेपालको बेइज्जत गरे: विप्लव
भारत पुगेर प्रधानमन्त्री देउवाले नेपालको बेइज्जत गरे: विप्लव
आजबाट यमपञ्चक सुरु, आज धनतेरस
आजबाट यमपञ्चक सुरु, आज धनतेरस
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
‘डकुमेन्ट’ नक्कली बनाएर नेपाली चेलीलाई कुवेतमा बिक्री गरेपछि…
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।
वार्ताका विषयमा अडान लिन बार्ता टोलिलाई गगनको प्रशिक्षण।