सर्वोच्चमा भरतपुर मतगणना विवादः केहीबेरमा यस्तो हुनसक्छ निर्णय !
सारांश
- काठमाण्डौ ।
- भरतपुरमा महानगरको मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्धाको शुक्रबार बहस हुँदैछ ।
- वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना प्रक्रिया जारी रहँदा जेठ १४ गते भरतपुर १९ को मतपत्र माओवादी केन्द्रका कार्यकर्ताहरुले च्यातेका थिए ।
काठमाण्डौ । भरतपुरमा महानगरको मतपत्र च्यातिएपछि सर्वोच्च अदालतमा परेको मुद्धाको शुक्रबार बहस हुँदैछ । वैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचनको मतगणना प्रक्रिया जारी रहँदा जेठ १४ गते भरतपुर १९ को मतपत्र माओवादी केन्द्रका कार्यकर्ताहरुले च्यातेका थिए ।
त्यसलगत्तै निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । आयोगको सो निर्णयविरुद्ध सोही वडाका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र एकजना अधिवक्ताले आयोगको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए । उनीहरुले रिट हाले लगत्तै जेठ २२ गते सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । सो अन्तरकालीन आदेशको प्रक्रिया शुक्रबार कसरी अघि बढ्छ भन्ने चौतर्फी प्रतिक्षाको विषय बनेको छ ।
शुक्रबारको बहसमा पनि निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ भने आदेश बदर भएमा भरतपुर वडा नम्बर १९मा पुन मतदान गर्नुपर्ने फैसला हुनेछ । शुक्रबार सो मुद्धाको १ नम्बरमा पेसी राखिएको छ । न्यायाधीश मिरा खड्का र अनिलकुमार सिन्हाले बहस गर्दैछन् ।
यसअघि कायम मुकायम प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले भरतपुर १९ को मतगणनाका क्रममा च्यातिएका मतपत्र,मतपत्र च्यात्ने माओवादी कार्यकर्तामाथिको मुद्दाको सक्कल मिसिल र निर्वाचन आयोगको सक्कल निर्णय पेश गर्न आदेश दिएको थियो । यद्यपि, सर्वोच्चले शुक्रबार पनि बहसमा निरन्तरता दियो भने एमालेले राखेको पुन मतगणनाको माग सफल हुनेछ भने आदेश बदर भएमा कांग्रेस माओवादीको माग पुरा हुनेछ ।
सम्भवत, सर्वोच्चले यो बहसलाई निरन्तता दिन सक्छ । यो बीचमा सर्वोच्चको फैसला कस्तो आउँछ त्यो भने हेर्न बाँकी छ । जेठ १४ गते माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि आयोगले पुन मतदान गर्ने निर्णयको एमालेले चर्को विरोध गर्दै पुन मतगणना गर्नुपर्ने माग राख्दै आएको छ भने कांग्रेस र माओवादीले आयोगको निर्णयको स्वागत गरिरहेका छन् ।
प्रतिक्रिया