२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
२३ पटक हेरिएको
Shares
२७४ मोटरसाइकल एकै दिनमा प्रहरीद्वारा नियन्त्रण

सारांश

  • लहान, २८ फागुन : ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
  • होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
  • जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ ।

लहान, २८ फागुन : ट्राफिक नियम उल्लङ्घन गरी चलाएको भन्दै सिरहाका विभिन्न स्थानबाट प्रहरीले एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको छ । होलीपर्वका बेला मादक पदार्थ सेवन गरी चलाएको, तीनभन्दा बढी व्यक्ति चढेको र हेलमेट नलगाई चलाएको भन्दै प्रहरीले मङ्गलबार एकै दिन २७४ मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय लहान, इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ट्राफिक नियम उल्लङ्घन गरी चलाउने मोटरसाइकललाई नियन्त्रणमा लिएको जनाइएको छ । पक्राउ परेका सबै सवारी साधनलाई जरिवाना तिराएर छाडिने प्रहरीको भनाइ छ ।

यस्तै होलीमा विभिन्न विषयलाई लिएर मादक पदार्थ झैझगडा गर्ने, जबर्जस्ती रङ दल्ने, महिलामाथि दुव्र्यवहार गर्ने छ जनालाई पक्राउ गरी आवश्यक कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?