माग बोकेर झापाली प्रधानमन्त्री ओलीसँगै पुगे
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन् ।
- झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतसँग भएको भेटमा प्रधानमन्त्रीओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका कामले तिव्रता लिने बताएका छन् । झापाका नेकपाका नेता तथा स्थानीय तहका जनप्रतिनिधि र प्रशासकीय अधिकृतसँग भएको भेटमा प्रधानमन्त्रीओलीले कतिपय विकास निर्माणका योजना प्रदेश वा संघ कसले गर्ने भनेर द्विविधा भएकोले केही ढिलाइ भएको बताए ।
“यस्ता द्विविधाले पुराना भन्दा नयाँनयाँ योजना बनाउनेतिर सबैको ध्यान गयो ” प्रधानमन्त्रीले भने, “अब कस्ता योजना कस्ले सञ्चालनगर्ने भनेर स्पष्ट भइसकेकोले सबै योजनाहरु तिव्रताका साथ अगाडि बढ्छन् ।”
प्रधानमन्त्री ओलीको गृहनगर दमकका प्रसासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले सञ्चालनको तयारीमा रहेका राष्ट्रिय आयोजनाको प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराए । दमक सभाहल निर्माणाधीन अवस्थामा रहेको, पशुहाट बजार केन्द्र सम्पन्नभएको , दमक भ्यूटावरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको बताए ।
कनकाइ नगरपालिकाका प्रमुख राजेन्द्र पोख्रेलले सुरुंगा –झापा सडक, लक्ष्मीपुर–घेराबारी सडक निर्माणका लागि आवश्यक रकम विनियोजन गरिदिन माग गरे । कनकाइमा २५ शैयाको अस्पताल निर्माण र पर्यटकीय पूर्वाधारका लागि कम्तीमा १ करोड रुपैंया विनियोजन गरिदिन माग गरे ।
प्रधानमन्त्री ओलीले झापाली जनप्रतिनिधिले राखेका मागबारे आफू सकारात्मक रहेको बताए ।
प्रतिक्रिया