२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ १३, २०७७
|
|
२९ पटक हेरिएको
Shares
२ जनामा कोरोना संक्रमण देखिएपछि टोखा क्षेत्र सिल

सारांश

  • टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ ।
  • स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।
  • काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो ।

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?