काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १०, २०७४
|
|
४९ पटक हेरिएको
Shares
काभ्रेमा वाम उम्मेदवारको अझै टुंगो लागेन

सारांश

  • बनेपा, १० कात्तिक   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।
  • नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्रै गरेको छ ।
  • प्रदेशसभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीकातर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको छ ।

बनेपा, १० कात्तिक   प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुवै वाम दलले काभ्रेपलाञ्चोकमा उम्मेदवारको टुंगो लगाउन सकेका छैनन् ।

नेकपा (एमाले) ले जिल्लाको २ नं निर्वाचन क्षेत्रमा गोकुल बास्कोटाको नाम सर्वसम्मत गरेको भएपनि नेकपा (माओवादी केन्द्र)ले उम्मेदवार टुंगो लगाउन नसक्दा नाम सिफारिश मात्रै गरेको छ ।

प्रदेशसभामा उम्मेदवार हुनेको नाम दुवै पार्टीकातर्फबाट धेरै भएपछि केन्द्रको कार्यदलको निर्णय पर्खने अवस्था आएको छ । प्रदेशसभाका लागि कसैको नाम पनि टुंगो लागेको छैन, नेकपा (एमाले)का अध्यक्ष टोकबहादुर वाइवाले भन्नुभयो ।

उहाँले आज बस्ने जिल्लाको पदाधिकारी तहको बैठकले पनि केही निर्णय गर्ने उल्लेख गर्दै केन्द्रबाट कार्यदलको निर्णय पनि आउने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोकका पूर्वअध्यक्ष दिनानाथ गौतमले नेकपा (एमाले) सँगको सहकार्यका लागि निर्वाचन क्षेत्र नं १ टुंगो लागे पनि उम्मेदवार टुंगो नलागेको बताउनुभयो ।

उहाँले त्यस क्षेत्रका लागि कमानसिंह लामा, सूर्यमान दोङ, रुकु चौलागार्इं, रेणुका चौलागार्इंको नाम केन्द्रमा सिफारिश भएको बताउनुभयो ।

“सर्वसम्मत नभएपछि सिफारिश गरेर केन्द्रमा पठाएका छौँ”– उहाँले भन्नुभयो । उता नेपाली काँग्रेसले जिल्लाको क्षेत्र नं १ मा तीर्थ लामा र २ नं क्षेत्रमा पार्टी सभापति मधु आचार्यको नाम टुंगो लगाएको छ, तर प्रदेशसभामा कुनैपनि उम्मेदवारको टुंगो लागेको छैन ।

नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सदस्य महेश पौडेलले प्रदेशसभाका लागि क्षेत्र नं १ को (क) बाट सिवी लामा र २ को (ख) बाट कञ्चनचन्द्र वादेको नाम टुंगो लगाएको छ ।

जिल्लामा प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि चारजना निर्वाचित हुनेछन् । काभ्रेपलाञ्चोकमा दोस्रो चरणअन्तर्गत मंसिर २१ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हँुदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
भरतपुर फैसला आज सर्वोच्चले  गर्ला त अन्तिम फैसला ?
भरतपुर फैसला आज सर्वोच्चले गर्ला त अन्तिम फैसला ?
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
चक्रपथ विस्तारका लागि राजधानीमा विद्युत् कटौती
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
अमेरिकी दूतावासअघि भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै युवाहरु(फोटोफिचर)
महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला
महेन्द्र बहुमुखी क्याम्पसमा प्राध्यापन गर्ने एक शिक्षक मृत फेला
संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल
संचारमन्त्रीको अडियो प्रकरणबारे ओली र प्रचण्डबीच छलफल
गिद्धः एउटै पहरामा तीन जाति
गिद्धः एउटै पहरामा तीन जाति
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
आज आइतबार, कस्तो छ तपाईंको राशिफल?
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख