जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २३, २०७६
|
|
३७ पटक हेरिएको
Shares
जीवनभर एउटा कोट लगाउने ‘सर्वहारा’ चन्द्रदेवमाथि अख्तियारको आरोप हाँस्यास्पद(डा. सुरेन्द्र केसी)

सारांश

  • काठमाडौं, २३ माघ ।
  • राजनीतिक विश्लेषक डा.
  • सुरेन्द्र केसीले जीवनभर एउटामात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् ।

काठमाडौं, २३ माघ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले जीवनभर एउटामात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदममा राजनीतिकरण देखिएको भन्दै निर्दोषहरुलाई समेत फसाइएको बताएका हुन् ।

‘जीवनभर एउटामात्र कोट लगाउने चन्द्रदेव जोशीले नौ करोड घुस खाए भनेर कस्ले पत्याउने,’ रिपोर्टर्स क्लब नेपालमा आज डा. केसीले भने, ‘लुगलुग काप्ने सर्वहारा चन्द्रदेव जोशीमाथि आरोप लगाउनु हाँस्यास्पद हो ।’ गीतकार समेत रहेका पूर्वसचिव दिनेशहरि अधिकारीमाथिको आरोपको समेत आलोचना गरे ।

विजयकुमार गच्छेदार पटक पटक मन्त्री भएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई लगेर बालुवाटारमा मुछिएको टिप्पणी गरे । उनले भने, गच्छेदार भ्रष्टाछार हुन् भन्ने सबैलाई थाहा छ तर लगेर बालुवाटारमा हालिदिए ।

नेकपा महासचिव विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मी र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई समेतले ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति पाउनुले राजनीतिकरण प्रष्ट देखिएको बताए । प्रतिशोधको भावनाले अख्तियारको कदम प्रेरित रहेको भन्दै बालुवाटारको जग्गा जोगाउन चालेको कदमको भने प्रशंशा गरे । उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा राजनीतिकरण प्रष्ट छ तर बालुवाटारको जग्गा जोगाउनुपर्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?