२ सय भाषाविद् काठमाडौंमा जम्मा भए
सारांश
- काठमाडौं ।
- विभिन्न भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धानका लागि दुईदिने भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ ।
- शब्द प्रयोगमा कसरी गर्ने, खास अर्थमा शब्दलाई कसरी परिभाषित गर्ने भन्नेमा पनि छलफल हुनेछ ।
काठमाडौं । विभिन्न भाषाको नीतिगत, संरचनागत र प्रयोगिक क्षेत्रमा अनुसन्धानका लागि दुईदिने भाषा विज्ञान समाजको वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन’ कीर्तिपुरमा शुरु भएको छ ।
शब्द प्रयोगमा कसरी गर्ने, खास अर्थमा शब्दलाई कसरी परिभाषित गर्ने भन्नेमा पनि छलफल हुनेछ । सम्मेलनमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, अस्ट्रेलिया, अमेरिका, जर्मनी र फ्रान्सका गरी २ सय भाषाविद्को सहभागिता छ ।
३९औं भाषा विज्ञान समाज र त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागको आयोजनामा भइरहेको सम्मेलनमा शब्द, वर्णको व्यवस्था कस्तो, कुनै भाषाको ध्वनिको संरचना, शब्द कसरी बन्छन्, वाक्यको संरचना, शब्दको अर्थ कसरी लाग्छ भन्ने विषयमा गरिने बताइएको छ ।
सम्मेलनमा भाषाविद्ले अनुसन्धान गरी ल्याएका अनुसन्धानमाथि छलफल गर्ने कार्यक्रम छ । राष्ट्रिय भाषा आयोगका उपसचिव गणेश भट्टराई, काठमाडौं विश्वविद्यालयका बालचन्द्र लुइँटेलले नेपालको सरकारी कामकाज भाषा निर्धारणका आधारका विषयमा किल विश्वविद्यालयका जर्मनका प्राध्यापक जोन पिटर्सनले पूर्वी दक्षिण एशियाको प्राग–इतिहाससम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।
सम्मेलनमा भाषासम्बन्धी १ सय २ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । समाजले हरेक वर्ष भाषाको प्रयोगबारे छलफल गर्न सम्मेलन गर्दै आएको छ ।
प्रतिक्रिया