मार्क्ससँग नेपालको केही साइनो छ र!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
मार्क्ससँग नेपालको केही साइनो छ र!

सारांश

  • काठमाडौ – कार्ल मार्क्स  र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।
  • नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।
  • नेपालमा सन् १८४६ को सेप्टेम्बरमा कोतपर्व भएको थियो।

काठमाडौ – कार्ल मार्क्स  र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।
नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।

नेपालमा सन् १८४६ को सेप्टेम्बरमा कोतपर्व भएको थियो।युरोपमा पुनर्जागरणको कालखण्डको उपजका रुपमा उदाएको माक्र्सवादले अहिले पनि संसारभर बहसको कित्ताकाट गर्दै आएको छ । तत्कालीन सोभियत संघको पतनपछि धक्का खाएको भनिए पनि अझै पनि संसारमा माक्र्सवादी सिद्धान्तलाई मार्गनिर्देशक मान्ने करोडौं मानिस छन् । जसलाई माक्र्सवादी विचारलाई प्रभावित गर्दै आएको छ ।

तत्कालीन पूर्वी र पश्चिमी जर्मनीबीचको बर्लिन पर्खाल ढलेपछि समाप्त भएको भनिएको माक्र्सवाद पश्चिमा राष्ट्रमा देखिएको आर्थिक मन्दीपछि अहिले पुनः चर्चामा छ । जर्मनीमा जन्मिएका मार्क्स दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तकार, समाजशास्त्री, पत्रकारमात्रै नभएर एक समाजवादी क्रान्तिकारी पनि थिए ।

सम्पन्न परिवारमा सन् १८१८ मे ५ मा जन्मिएका माक्र्सलाई उनको विचारका कारण जर्मन सरकारले त्यहाँ टिक्न दिएन । मार्क्सले निर्वासित जीवन फ्रान्स, बेल्जियम र बेलायतमा बिताएका थिए । तिनै देशमा बसेर उनले आफ्नो विचारलाई फैलाएका थिए ।
निर्वासनमा बिताएका माक्र्स र एंगेल्सले एकपछि अर्को गर्दै आफ्नो राजनीतिक दर्शनमा सैद्धान्तिक धारा प्रष्ट पारेका थिए । उनीहरु वैचारिक मात्रै नभएर आफूले कल्पना गरेको साम्यवादी व्यवस्था स्थापनाका लागि दुवै लागेका थिए।

माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद दर्शन विगतमात्रै होइन वर्तमानको व्याख्यामा पनि प्रयोग हुन्छ । अमेरिकी टाइम म्यागेजिनले ‘२० आै शताब्दी व्यक्ति’ का रुपमा माक्र्सलाई मानेको छ । माक्र्स फ्रान्समा निर्वासित भएका बेला स्थापना भएको पेरिस कम्युन असफल भए पनि उनी जन्मेको एक सय वर्ष हुँदा सन् १९१७ सोभियत संघमा बोल्सेभिक क्रान्ति भयो ।
एक शताब्दीअघि भएको रुसको सो क्रान्तिले बोल्सेभिकहरुलाई सत्तामा पुर्‍यायो । जसको प्रभाव विश्वभर पर्‍यो । बोल्सेभिक क्रान्ति मार्क्स विचारधारामा आधारित थियो । त्यो क्रान्तिको नेतृत्व लेनिनले गरेका थिए ।

आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?