मार्क्ससँग नेपालको केही साइनो छ र!

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
५२ पटक हेरिएको
Shares
मार्क्ससँग नेपालको केही साइनो छ र!

सारांश

  • काठमाडौ – कार्ल मार्क्स  र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।
  • नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।
  • नेपालमा सन् १८४६ को सेप्टेम्बरमा कोतपर्व भएको थियो।

काठमाडौ – कार्ल मार्क्स  र फ्रेडरिक एंगेल्सको ‘कम्युनिस्ट घोषणापत्र’ (सन् १८४८) प्रकाशित हुँदा नेपालमा जंगबहादुर राणाले कोतपर्व गराएर सत्ता हत्याएको दुई वर्ष पनि पुगेको थिएन ।
नेपाली इतिहासको कालरात्रीका रुपमा चित्रित कोतपर्वपछि जहानियाँ राणा शासनले जग हाल्दै गर्दा युरोपमा भने मार्क्सवादी र गैरमार्क्सवादीबीच बहस सुरु भइसकेको थियो।

नेपालमा सन् १८४६ को सेप्टेम्बरमा कोतपर्व भएको थियो।युरोपमा पुनर्जागरणको कालखण्डको उपजका रुपमा उदाएको माक्र्सवादले अहिले पनि संसारभर बहसको कित्ताकाट गर्दै आएको छ । तत्कालीन सोभियत संघको पतनपछि धक्का खाएको भनिए पनि अझै पनि संसारमा माक्र्सवादी सिद्धान्तलाई मार्गनिर्देशक मान्ने करोडौं मानिस छन् । जसलाई माक्र्सवादी विचारलाई प्रभावित गर्दै आएको छ ।

तत्कालीन पूर्वी र पश्चिमी जर्मनीबीचको बर्लिन पर्खाल ढलेपछि समाप्त भएको भनिएको माक्र्सवाद पश्चिमा राष्ट्रमा देखिएको आर्थिक मन्दीपछि अहिले पुनः चर्चामा छ । जर्मनीमा जन्मिएका मार्क्स दार्शनिक, अर्थशास्त्री, इतिहासकार, राजनीतिक सिद्धान्तकार, समाजशास्त्री, पत्रकारमात्रै नभएर एक समाजवादी क्रान्तिकारी पनि थिए ।

सम्पन्न परिवारमा सन् १८१८ मे ५ मा जन्मिएका माक्र्सलाई उनको विचारका कारण जर्मन सरकारले त्यहाँ टिक्न दिएन । मार्क्सले निर्वासित जीवन फ्रान्स, बेल्जियम र बेलायतमा बिताएका थिए । तिनै देशमा बसेर उनले आफ्नो विचारलाई फैलाएका थिए ।
निर्वासनमा बिताएका माक्र्स र एंगेल्सले एकपछि अर्को गर्दै आफ्नो राजनीतिक दर्शनमा सैद्धान्तिक धारा प्रष्ट पारेका थिए । उनीहरु वैचारिक मात्रै नभएर आफूले कल्पना गरेको साम्यवादी व्यवस्था स्थापनाका लागि दुवै लागेका थिए।

माक्र्सको ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद दर्शन विगतमात्रै होइन वर्तमानको व्याख्यामा पनि प्रयोग हुन्छ । अमेरिकी टाइम म्यागेजिनले ‘२० आै शताब्दी व्यक्ति’ का रुपमा माक्र्सलाई मानेको छ । माक्र्स फ्रान्समा निर्वासित भएका बेला स्थापना भएको पेरिस कम्युन असफल भए पनि उनी जन्मेको एक सय वर्ष हुँदा सन् १९१७ सोभियत संघमा बोल्सेभिक क्रान्ति भयो ।
एक शताब्दीअघि भएको रुसको सो क्रान्तिले बोल्सेभिकहरुलाई सत्तामा पुर्‍यायो । जसको प्रभाव विश्वभर पर्‍यो । बोल्सेभिक क्रान्ति मार्क्स विचारधारामा आधारित थियो । त्यो क्रान्तिको नेतृत्व लेनिनले गरेका थिए ।

आजको नागरिक दैनिकमा मणि दाहालले खबर लेखेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
जलवायु परिवर्तनको असर नेपालमा अधिक छ : रक्षामन्त्री पोखरेल
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
रञ्जु दर्शनाले खानेपानी मन्त्री बिनालाई अख्तियारमा उजुरी : ‘चरित्र हत्या गर्न खोजेको’ मन्त्रीको स्पष्टोक्ति
अमेरिकाका लागि राजदुत कार्कीको म्याद थपियो
अमेरिकाका लागि राजदुत कार्कीको म्याद थपियो
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा थापाविरुद्ध पक्राउ पुर्जी जारी
सुन तस्करिमा पक्राउ परेका भारतिय संग नेपाली नागरिकता
सुन तस्करिमा पक्राउ परेका भारतिय संग नेपाली नागरिकता
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग अर्थमन्त्रीको छलफल
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
यि हुन आईतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरू !
नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए
नेवार समुदायले दसैँको राती खड्ग जात्रा पर्व मनाए
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै