सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२७ पटक हेरिएको
Shares
सूर्योदयका ऐन, नियम राजपत्रमा प्रकाशित

सारांश

  • इलाम, ११ फागुन , इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ ।
  • नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो ।
  • स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् ।

इलाम, ११ फागुन , इलामको सूर्योदय नगरपालिकाले ऐन, नियमावली र कार्यविधि आफ्नै राजपत्रमा प्रकाशित गरेको छ ।

नगरपालिकाले नगरसभाबाट पारित भएका चारवटा ऐन, तीनवटा नियमावली, तीनवटा कार्यविधि, नीति तथा कार्यक्रम र योजना तथा बजेट तर्जुमा दिग्दर्शन राजपत्रमा प्रकाशन गरेको हो । स्थानीय राजपत्रमा प्रकाशित ती कानून अब सूर्योदय नगरपालिकाका लागि मूल कानूनसरह बनेका छन् ।

सूर्योदय नगरपालिकाले स्थानीय राजपत्रको भाग १ र भाग २ एकैपटक प्रकाशन गरेको हो । सो राजपत्रको भाग १ मा संघसंस्था दर्तासम्बन्धी ऐन, २०७४, सहकारी ऐन, २०७४, आर्थिक ऐन, २०७४ र विनियोजन ऐन, २०७४ तथा आव २०७४÷७५ को नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

त्यसैगरी, राजपत्रको भाग २ मा कार्यसम्पादन नियमावली, २०७४, कार्यविभाजन नियमावली, २०७४, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण (कार्यविधि) सम्बन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७४, बैठक सञ्चालनसम्बन्धी कार्यविधि २०७४, नगरसभा सञ्चालन कार्यविधि, २०७४, स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि, २०७४ र योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४, प्रकाशित गरिएको छ ।

ती कानून नगरसभा सम्पन्न भएपछि गत असोज १ गते नै नगरप्रमुख रनबहादुर राईद्वारा प्रमाणीकरण भएपनि एकहप्ता अघिमात्रै राजपत्रमा प्रकाशित गरिएको हो ।

यस्तैगरी, फाकफोकथुम गाउँपालिकाले पनि स्थानीय राजपत्रमार्फत ऐन, नियमावली र कार्यविधि प्रकाशित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले बताउनुभयो ।

स्वास्थ्य चौकीलाई जग्गादान

यसैबीच, इलामको रोङ गाउँपालिका–२ मा स्वास्थ्य चौकीको बर्थिङ सेन्टर निर्माणका लागि स्थानीय समाजसेवीले करिब रु छ लाख मूल्य पर्ने तीन रोपनी जग्गा निःशुल्क दान दिनुभएको छ ।

स्थानीय डिकबहादुर राई, वीरबहादुर राई र रामप्रसाद राईले एक÷एक रोपनी जग्गादान दिनुभएको हो । सो वडाको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नहुँदा स्थानीयबासी सेवा लिनका लागि घण्टौँ धाउनुपर्ने बाध्यता छ ।

उक्त जग्गामा बर्थिङ सेन्टरसहितको सुविधासम्पन्न भवन बनाउने योजना तयार गरिएको वडाध्यक्ष टेकबहादुर तामाङले बताउनुभयो ।

(https://mclaneedgers.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?