नयाँ सरकारले देउवाले गरेका नियुक्ति र निर्णय खारेज गर्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन ५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
नयाँ सरकारले देउवाले गरेका नियुक्ति र निर्णय खारेज गर्ने

सारांश

  • काठमाडौं, ५ फागुन – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका ‘गैरकानुनी’ नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ ।
  • यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययनन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् ।
  • ‘निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा गरिएका सबैखाले नियुक्ति र निर्णय स्वाभाविक रुपमा खारेज हुनेछन्,’ एमाले नेता अग्निप्रसाद खरेलले नागरिकसँग भने, ‘त्यसबारे मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिनेछ ।

काठमाडौं, ५ फागुन – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका ‘गैरकानुनी’ नियुक्ति केपी ओली नेतृत्वको सरकारले खारेज गर्ने भएको छ । यो विषयमा कानुनी र प्राविधिक हिसाबले अध्ययनन गरेर एकमुष्ठ रुपमा खारेज गर्ने तयारी भएको ओलीनिकट नेताले बताएका छन् ।

‘निर्वाचन आचारसंहिता लागेको बेला र जनमत आइसकेको अवस्थामा गरिएका सबैखाले नियुक्ति र निर्णय स्वाभाविक रुपमा खारेज हुनेछन्,’ एमाले नेता अग्निप्रसाद खरेलले नागरिकसँग भने, ‘त्यसबारे मन्त्रिपरिषद्ले आवश्यक निर्णय लिनेछ ।’ पछिल्लो समय देउवा सरकारले गरेका नियुक्ति र निर्णयप्रति वाम गठबन्धनको शीर्ष नेतृत्वले आपत्ति जनाउँदै आएको थियो । पत्रकार सम्मेलन नै गरी नियुक्ति नगर्न आग्रह गर्दागर्दैै पनि प्रधानमन्त्री देउवाले सरकार छाड्ने दिनसम्म पनि नियुक्ति, निर्णय र सरुवाबढुवा गरेका थिए । आजको नागरिक दैनिकमा  खबर छ ।

पदभार ग्रहण गरेको भोलिपल्टै प्रधानमन्त्री ओलीले आफूनिकट र सम्बन्धित मन्त्रालयका सचिवलाई नियुक्तिको खारेजी प्रक्रिया र कानुनी पाटो केलाउन निर्देशन दिएको उनी निकट स्रोतले बतायो । देउवा सरकारबाट राजनीतिक नियुक्ति पाएकालाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरिने र अटेर गरे कानुनी प्रक्रियामार्फत खारेज गर्ने सोचमा ओली सरकार रहेको स्रोतले बतायो ।मन्त्रिपरिषद्बाट खारेज गर्दा अदालती झन्झट हुने भएकाले व्यवस्थापिका संसद्मा संकल्प प्रस्ताव लगेर एकमुष्ठ खारेज गर्ने विकल्पका बारेमा पनि एमालेभित्र छलफल जारी छ । यस विषयमा आन्तरिक छलफल भइरहेको एमाले नेताले बताएका छन् ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Buddhi Sagar Baral

    हिम्मत भय सबै निर्णय खारेज गरेर देखाओस ओलि सरकारले सट्टामा ओलि लाइ मासिक करोड उपचार खर्च राखोस

    Comment Author

    Shamsuddin Siddique

    Pradesh pramukh pani ho ki kaso.

    Comment Author

    Ram Prsad Bashyal

    Sarkar ko barsik niti rw karyakrama napareka yi Deuwa ka Udante nirnaya hun kharej garnae pardain, swataha lagu hudainan, kuro bujnu bho tw??? Anuhar naparya!!! Kin samchar howguji???

    Comment Author

    Ganga Bhandari

    खुबि छ भने देउबाले गरायो काे चुनाब बाट जितेको पध पनि खारेज गरे हुनछ किन म

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?