राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०८०
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाद्वारा बकर इदको शुभकामना व्यक्त

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इदउल अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
  • उनले यो पर्वले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास लिएका छन् ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इदउल अज्हा (बकर इद)को अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले यो पर्वले सेवाभावका कार्यहरू आत्मसात् गर्दै सहिष्णुता, आपसी सद्भाव, भावनात्मक एकता र भाइचारा सम्बन्ध विकास गर्न सहयोग पुग्ने विश्वास लिएका छन् । यस पर्वका अवसरमा असहाय, गरिब र विपन्न परिवारलाई अनिवार्यरूपमा सहयोग गर्नुपर्ने मान्यता मुस्लिम दर्शनमा छ, यसलाई उदाहरणीयरूपमा लिइन्छ । बकर इद त्याग, समर्पण र बलिदानको पर्यायका रूपमा मनाइने पर्व हो ।

“नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश हो, बहुधर्म र बहुसंस्कृतिले हाम्रो समाजलाई पारस्पारिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन्, हामीले संविधानसभाबाट नयाँ संविधान जारी गरेपछि राष्ट्रिय मुस्लिम आयोगको गठनसँगै मुस्लिम समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक बन्दै गएको विश्वास लिएको छु”, उनले आज जारी गर्नुभएको शुभकामना सन्देशमा भनेका छन् ।

मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र संवर्द्धन तथा सशक्तीकरणका लागि आगामी दिन थप उत्साह र प्रेरणादायी हुने उनको विश्वास छ । बकर इदको अवसरमा इस्लाम धर्मावलम्बीलाई सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामनासमेत उनले व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?