उपराष्ट्रपति पुन स्वदेश फीर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ८, २०७५
|
|
१९ पटक हेरिएको
Shares
उपराष्ट्रपति पुन स्वदेश फीर्ता

सारांश

  • काठमाडौं ८,असोज।
  • उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्केका छन, उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सोमबार बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं उत्रका छन।
  • उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीनको छेन्दु गएका थिए।

काठमाडौं ८,असोज।उपराष्ट्रपति नन्दबहादुर पुन चीनको ६ दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्केका छन, उपराष्ट्रपति पुन एयर चाइनाको विमानबाट सोमबार बिहान ९ बजेर ४५ मिनेटमा काठमाडौं उत्रका छन। उनी ६ दिने भ्रमणका लागि असोज ३ गते चीनको छेन्दु गएका थिए। उपराष्ट्रपतिले चीन भ्रमणको क्रममा असोज ४ गते छेन्दुमा आयोजित ‘१७औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’को उद्घाटन समारोह र ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ सम्बद्ध मुलुकहरुको आर्थिक विकासका लागि सहकार्य सम्बन्धी सम्मेलनलाई संबोधन गरेका थिए।

संबोधनको क्रममा उनले नेपालमा लगानीका लागि चिनियाँ र सम्मेलनमा सहभागी राष्ट्रका व्यवसायीहरुलाई अपिल गरेका थिए। भ्रमणका क्रममा उपराष्ट्रपतिसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वा र चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्त सचिव छिङहुवाले शिष्टाचार भेट गरेका थिए। उपराष्ट्रपतिले असोज ३ गते उपप्रधानमन्त्री र असोज ५ गते सिपिसीका सिचुवान प्रान्त सचिवसँगको भेटमा दुई देशको सम्बन्धले नयाँ उचाई हासिल गरिरहेको बताएका थिए। उनले नेपाल समृद्धिको मार्गमा अगाडि बढेको उल्लेख गर्दै चीनलाई लगानी तथा सहकार्यका लागि आग्रह गरेका थिए।

भेटघाटमा उपराष्ट्रपतिले नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको र नेपाली भूमि चीन विरोधी गतिविधिका लागि प्रयोग गर्न नदिने नेपालको प्रतिबद्धता दोहोर्‍याएका थिए। भेटमा चीनका उपप्रधानमन्त्री र सिपिसीका प्रान्त सचिवले नेपाल–चीन सम्बन्ध परम्परागत सम्बन्धबाट नयाँ उचाईमा उठेको धारणा राखेका थिए। उनीहरुले नेपालको समृद्धिको यात्रामा चीनको सदैव साथ र सहयोग हुने बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?