सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
४२ पटक हेरिएको
Shares
सुतेका बेला नगर्नुहोस् यी गल्ती, जसले अनुहारको चमक हराउँछ

सारांश

  • किन अनुहार चमकहिन बन्छ रु किन छाला रुखो हुन थाल्छ रु धेरैको मनमा यहि प्रश्न उब्जिन्छ ।
  • त्यही कारण अनुहारको हेरचाहमा बढी नै ध्यान दिन थाल्छन् ।
  • महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् ।

किन अनुहार चमकहिन बन्छ रु किन छाला रुखो हुन थाल्छ रु धेरैको मनमा यहि प्रश्न उब्जिन्छ । त्यही कारण अनुहारको हेरचाहमा बढी नै ध्यान दिन थाल्छन् ।

महंगा सौन्दर्य प्रसाधन प्रयोग गर्ने, फेसवास लगाउने, अनुहार धुने जस्ता काम गर्न थाल्छन् । तर, त्यतिले मात्र अनुहारको चमक र्फकन्छ त ?

अनुहारको प्राकृतिक चमक फर्काउनका लागि सौन्दर्य प्रसाधनमा मात्र निर्भर भएर पुग्दैन । त्यससँगै स्वस्थ्य जीवनशैली अपनाउनुपर्छ । खानपानदेखि सरसफाईसम्ममा ध्यान दिनुपर्छ ।

त्यसबाहेक अरु थुप्रै कारण छन्, जसले अनुहारको चमक हराउँछ । जस्तो कि, तपाईको सुत्ने शैली । अनौठो लाग्न सक्छ, सुत्ने शैलीले पनि सौन्दर्यमा प्रभाव पर्छ । कसरी ?

पेटको बलले सुत्नु

अनुहारको चमक हराउनमा तपाईको सुत्ने शैली पनि जिम्मेवार छ । तपाईको सुत्ने पोजिसन यस्तो नहोस्, जसले स्वासप्रश्वास प्रक्रियामा बाधा उत्पन्न गर्छ । खासगरी पेटको बलले सुत्नु हानिकारक हुन सक्छ । यसरी सुत्दा तपाईको शरीरका कति अंगहरुमा प्रत्यक्ष असर पुग्छ र कार्य९संचालनमा वाधा पुग्छ । यही कारण अन्य शारीरिक समस्यासँगै अनुहारको चमक पनि हराउँछ ।

फोहोर सिरानीमा सुत्नु

यदि तपाई फोहोर, भद्दा सिरानी प्रयोग गरिरहनुभएको छ भने त्यसले पनि तपाईको अनुहारको चमक हराउन सक्छ । सुत्नका लागि रेशमको सिरानी सबैभन्दा उपयोगी मानिन्छ ।

सुत्नुअघि फोनको प्रयोग

धेरैको बानी हुन्छ, ओछ्यानमा ढल्किसकेपछि मोवाइल चलाउने । यसले तपाईको निन्द्र खलबल्याउने त छदैछ, अनुहारको चमक पनि हराइदिन्छ । मोवाइलको प्रकाशको सोझो असरले अनुहारको छालामा हानी पुर्‍याउँछ ।

केस फिजाएर सुत्ने

यदि राती सुत्दा केस खोलेर फिजाउने बानी छ भने त्यसले अनुहारको छालामा केहि न केहि असर गर्छ । खासगरी केसमा लगाइएको तेल एवं क्रिमले अनुहारको छालाको रोमछिद्र बन्द गर्न सक्छ ।

अनुहारमा कसरी चमक ल्याउने ?

.पेट सफा राख्ने
. कब्जियत हुन नदिने
. पानी एवं झोल पदार्थ पर्याप्त पिउने
. तारेको, मसलेदार खानेकुरा सेवन नगर्ने
. ताजा फल, सब्जी सेवन गर्ने
.रगत सफा एवं शुद्ध राख्ने उपाय खोज्ने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
छठपर्व उदयपुरमा यसरी मनाईयो (फोटोफिचर)
छठपर्व उदयपुरमा यसरी मनाईयो (फोटोफिचर)
At least 13 dead in Indonesia ferry accident
At least 13 dead in Indonesia ferry accident
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
खरो रुपमा उत्रँदै प्रकाण्ड पक्राउबारे गृहमन्त्रीले भने, ‘प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न थिए’
दुई सातापछि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गराउने तयारी
दुई सातापछि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गराउने तयारी
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
कोरियाली युद्ध समाप्तिको ६५ मारिएका सैनिकको अवशेष अमेरिकालाई फिर्ता
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
लकडाउनकै समय खरबुजा फलाएर झापाको यो टोलले कमायो रु ५० लाख
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !
नेपालको पहिलो आठ लेन कोटेश्वर–कलङ्की सडक निर्माण अन्तिम चरणमा !