बाबुद्वारा छोरी बलात्कृत !

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३७ पटक हेरिएको
Shares
बाबुद्वारा छोरी बलात्कृत !

सारांश

  • वीरेन्द्रनगर, २१ साउन ।
  • सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा एक बालिका बलात्कृत भएकी छन् ।
  •   सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।

वीरेन्द्रनगर, २१ साउन । सुर्खेतको भेरीगंगा नगरपालिका¬५ मा एक बालिका बलात्कृत भएकी छन् ।  सौतेलो बाबुले शुक्रबार दिउँसो आफ्नै घरमा छोरीमाथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
बाख्रा गोठालो गएकी छोरीलाई घरमा बोलाएर ३० वर्षीय लोकेन्द्र दंगालले बलात्कार गरेको इलाका प्रहरी कार्यालय छिञ्चुका प्रमुख प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । ‘आमा उपचारका लागि नेपालगञ्ज गएको मौकामा दुई बहिनी गोठाला गएका रहेछन् र जेठी छोरीलाई घर बोलाएर जबर्जस्ती करणी गरेको पाइयो’ प्रहरी निरीक्षक न्यौपानेले भन्नुभयो ।

पीडित बालिकाको स्वास्थ्य उपचारका लागि मेहेलकुना अस्पतालमा राखिएको छ । आइतबार बिहान घटनास्थल पुगेर प्रहरीले पीडकलाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ