पढाई सँगसँगै मोडलिङ क्षेत्रमा जम्दै गोरखाकी सम्झना
सारांश
- काठमाडौं ।
- मोडलिङ क्षेत्रमा प्रवेश गर्नेहरुको यतिबेला होडबाजी छ ।
- प्रायः भर्खरका युवायुवतीहरु यस क्षेत्रका बढी आकर्षित छन् ।
काठमाडौं । मोडलिङ क्षेत्रमा प्रवेश गर्नेहरुको यतिबेला होडबाजी छ । प्रायः भर्खरका युवायुवतीहरु यस क्षेत्रका बढी आकर्षित छन् । त्यस्तै गोरखाकी सम्झना श्रेष्ठ पनि एक हुन् ।
गोरखाको मसेलमा जन्मिएकी श्रेष्ठ यतिबेला आफ्नो पढाई सँगसँगै मोडलिङ क्षेत्रमा आबद्व छिन् । काठमाडौं बसुन्धारास्थित मोर्गन कलेजमा अध्ययनरत श्रेष्ठ म्यूजिक भिडियोमा देखिन थालेकी छन् ।
गायिका मुनाथापा मगरको ‘दशैं आयो तिहार नि आयो’ बोलको गीतमा श्रेष्ठ मूख्य भूमिकामा अभिनय गरेकी छन् । श्रेष्ठ भन्छिन्, ‘बोल्न जति सजिलो छ, यो क्षेत्रमा प्रवेश गरेर काम गर्न धेरै गाह्रो रहेछ ।’
श्रेष्ठ यो क्षेत्रमा आबद्व भएर आफूलाई स्थापित गराउन चाहन्छिन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया