शिखर न्यूजको पहिलो चरणको राहत वितरण कार्यक्रम सम्पन्न
सारांश
- सप्तरी ।
- शिखर न्यूज डटकमको आयोजनामा बाढी पिडितलाई सप्तरीको बोदे र बरसाइनी गाविसमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ ।
- पहिलो चरणको राहतमा करिब २०० घर परिवारलाई चिउरा, लत्ताकपडा वितरण गरिएको थियो ।
सप्तरी । शिखर न्यूज डटकमको आयोजनामा बाढी पिडितलाई सप्तरीको बोदे र बरसाइनी गाविसमा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणको राहतमा करिब २०० घर परिवारलाई चिउरा, लत्ताकपडा वितरण गरिएको थियो ।
सभासद् सुरेन्द्र प्रसाद यावदसँगै बाढीले गरेको क्षतिको स्थलगत अवलोकनपछि बाढी पीडितलाई राहत वितरण गरिएको हो ।
कार्यक्रममा यादवले बाढी पिडितलाई नेपाल सरकारले बास बस्ने व्यवस्था तत्काल लागु गर्नुपर्नेमा जोड दिए । बाढी पिडितलाई थप राहत दिने तथा सबै सरोकारवालालाई बाढीपिडितहरुलाई बास, रोजगार, शिक्षा लगायतका विषयमा नेपाल सरकारले तत्काल कदम चल्नुपर्ने उनले बताए ।
त्यस्तै राहत वितरण गर्न पुगेका दिनेश ढकाल ‘वास्तव’ले यस्तो विषम परिस्थितिमा राहत वितरण प्रक्रियालाई सफल बनाउन सहयोग गर्ने नेपाल सरकार, सुरक्षा निकाय र संचारमाध्यमप्रति हार्दिक आभार प्रकट गरेका छन् ।
केही दिनदेखिको लगातार वर्षाका कारण तराईका केही जिल्लाहरुमा क्षति भएको छ । बर्षासँगै आएको बाढी र जमेको पानीका कारण तराईमा मानवीयसहित भौतिक क्षति भएको हो ।
बाढीका कारण घर बस्ती डुबानमा पर्दा कतिपय स्थानका स्थानीयवासी विस्थापित समेत बन्न पुगेका छन् । त्यस्तै लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा पहिरोको जाने क्रम छ ।
बाढी पीडितलाई सहयोग गर्न अहिले विभिन्न संघसंस्थाहरु अग्रसर भएका छन् । यस्तैमा शिखर न्यूज डटकम गत शुक्रबार राहत साम्रागी लिएर तराई झरेको थियो ।
मनोज सिग्देल र सुदर्शन केसीको पहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उनीहरुले सहयोग गर्नुहुने सबै सहयोगदाताप्रति धन्यवाद प्रकट गरेका छन् ।


प्रतिक्रिया