रुसले कोरोना भ्याक्सिनको क्लिनिकल परीक्षण सकेसँगै जनतालाई अक्टोबरमा खोप लगाउने

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १८, २०७७
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • एजेन्सी, १८ साउन ।
  • रुसले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सफलतापूर्वक सकिएको घोषणा गरेसँगै अक्टोबरबाट सर्वसाधारणलाई खोप लगाउने योजना बनाएको छ ।
  • रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले खोप रुसी जनतालाई लगाउने योजना खुलाएका हुन् ।

एजेन्सी, १८ साउन । रुसले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षण सफलतापूर्वक सकिएको घोषणा गरेसँगै अक्टोबरबाट सर्वसाधारणलाई खोप लगाउने योजना बनाएको छ । रुसी स्वास्थ्यमन्त्री मिखायल मुरास्कोले खोप रुसी जनतालाई लगाउने योजना खुलाएका हुन् ।

रुसी समाचार संस्था तासका अनुसार जनसाधारणका लागि खोप निःशुल्क उपलब्ध हुनेछ । मन्त्री मुरास्कोले खोप लगाउनका लागि केही नयाँ प्रणाली विकास गर्नुपर्ने भएकाले अक्टोबरमा मात्र खोपको कार्यक्रम रहने बताएका छन् । स्वास्थ्यकर्मी र कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेकाका लागि भ्याक्सिन यसै महिनाभित्र प्रयोगमा ल्याइनेछ ।

यसअघि रुसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन उत्पादन गर्नेतर्फ लागेको खुलेको थियो । उसले कोरोना भाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल परीक्षण सकेको घोषणा गरेको थियो । रुसी स्वास्थ्य मन्त्री मिखायल मुरास्कोले हिजो औपचारिक रुपमा यसबारे जानकारी दिएका थिए ।

गामेलिया साइन्टिफिक रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीद्वारा विकास गरिएको भ्याक्सिनको क्लिनिकल परीक्षण सकिएसँगै यसको वैधानिक दर्ता प्रक्रिया बढाइएको मन्त्री मुरास्कोले बताएका थिए ।

रुसले अन्य प्रतिष्पर्धी देशका कम्पनिलाई पछि पारेर भ्याक्सिन विकासमा बाजी मारेको छ । सँसारभर क्लिनिकल परीक्षणमा सबैभन्दा अगाडि चारवटा कम्पनि रहेकोमा गेमिली पनि हो । गामेलियाबाहेक युरोपको अक्सफोर्ड आस्ट्राजेनेका, अमेरिकाको मोर्डना र पिफिजर कोरोना खोप विकासको दौडमा अगाडि छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
एभरेष्ट बैंकद्घारा भैरहवाको जगदम्बा स्पिनिङ मिल्समा एटिएम् सञ्चालन तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
सङ्क्रमण देखिने बित्तिकै आइसोलेसनमा बस्न मन्त्रालयको आग्रह
All mail Order Birdes-to-be – The good qualities and Downsides of This Decision
बाख्राको मासुमा  सुपरग्लु लगाएर  खसीको मासु भन्दै बेच्दै !
बाख्राको मासुमा सुपरग्लु लगाएर  खसीको मासु भन्दै बेच्दै !
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
यूवा गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
आस्थाभन्दा माथि उठेर जिल्लाको विकासमा लाग्न दाङका सांसदहरुलाई सभामुखको आग्रह
गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार
गृहमन्त्री शर्माको अर्को प्रसंशयोग्य काम : घाईतेलाई हेलिकप्टरमार्फत उद्धार
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो
क–कसले पाउने भए रातो पासपोर्ट !
क–कसले पाउने भए रातो पासपोर्ट !
निषेधाज्ञामा यसरी गरिदैछ कडाई