७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १८, २०७४
|
|
३८ पटक हेरिएको
Shares
७० एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

सारांश

  • काठमाडौं ।
  • नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
  • प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो ।

काठमाडौं । नेपाल प्रहरीका ७० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एसपीहरुको सरुवा गरेको हो । महानगरीय अपराध महाशाखा काठमाडौँमा उमाशंकर पन्जियारको सरुवा भएको छ । महानगरीय अपराध महाशाखामा भने नरेन्द्रप्रसाद उप्रेतीको सरुवा भएको छ ।

केन्द्रीय अनुसन्धान व्यूरोका एसपी मीरा चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषा सरुवा गरिएको छ भने अपराध महाशाखामा रहेका प्रकाशजंग कार्कीलाई प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा सरुवा गरिएको छ । काठमाडौं प्रहरी परिसरका प्रद्युम्न कुमार कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा गरिएको छ ।

यस्तै पछिल्लो समय सप्तरीको मलेठ घटनापछि विवादित बनेका प्रहरी प्रमुख एसपी दिवेश लोहनीको महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा रानीपोखरीमा सरुवा भएको छ । त्यसैगरी महानगरीय प्रहरी परिसर ललितपुरमा देवबहादुर बोगटीको सरुवा भएको छ । महानगरीय प्रहरी परिसरमा प्रद्युम्नकुमार कार्कीको ठाउँमा रामदत्त जोशी आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?