दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, कार्तिक २८, २०८०
|
|
२९ पटक हेरिएको
Shares
दुई गोल गर्दै लेवानडोस्कीले बार्सिलोनालाई जिताए

सारांश

  • काठमाडौं।
  • स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ।
  • गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले आल्भेजलाई पराजित गरेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले आल्भेजलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

बार्सिलोनाको जितमा रोबेर्ट लेवानडोस्कीले दुवै गोल गरेका थिए। त्यस्तै आल्भेजका लागि सामु ओमोरोडियोनले पहिलो मिनेटमै गोल गर्दै बार्सिलोनामाथि दबाब बनाएका थिए।

यो यस सिजनमा बार्सिलोनाको नवौं जित हो। यो जितपछि १३ खेलमा ३० अंक भएको बार्सिलोना लिगको तेस्रो स्थानमा रहेको छ।

त्यस्तै आल्भेजको भने यो हारपछि १३ खेलमा १२ अंक रहेको छ र लिगमा १५औं स्थानमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?