​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
४० पटक हेरिएको
Shares
​प्रधानमन्त्रीद्वारा सरकारको अन्तर्राष्ट्रिय सम्बन्धबारे नेकपा सचिवालयलाई जानकारी

सारांश

  • काठमाडाै, २३ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालय बैठक सकिएको छ ।
  • बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो ।

काठमाडाै, २३ साउन । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) सचिवालय बैठक सकिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । भदाै ५ गतेभित्र भातृ संगठनको एकता टुङ्ग्याउने तयारी गरेको नेकपाको सचिवालय बैठक अहिलेसम्म एकताका बारेमा भएका छलफलले प्रवेश पाएको थियो । भातृ संगठनको एकताको बारेमा छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए । भातृ संगठनको नाम र नेतृत्वको बिषयमा चर्चा चलेको थियो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय–अन्तर्राष्ट्रिय समसामयिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए । बैठक भोलि दिउँसो २ बजे बस्ने गरी स्थगित भएको ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । भोलिको बैठकले सांगठनिक एकीकरण टुंग्याउने कार्यसूची रहेको उनले बताए । स्थायी कमिटी बैठक पनि चाँडै बस्ने उनको भनाइ छ ।

 बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारको अन्तर्राष्ट्रिय सम्बन्ध र समसामयिक स्थितिबारे अवगत गराएका छन् । बैठकमा प्रधानमन्त्री ओलीले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि गरिरहेको पहल र भूकम्पपछिको पुनःनिर्माणलगायत विकासका काममा थप सहकार्यका विषयमा अवगत गराएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पार्टीको प्रदेश, जिल्ला र जनसंगठनस्तरका एकताका लागि तयारीबारे छलफल भए पनि बैठक पुनः चाँडै बस्ने गरी सकिएको छ ।
सचिवालयको दुई साताअघिको बैठकमा नेता श्रेष्ठले चिकित्सक डा.गोविन्द केसीको अनशनका विषयमा नेतृत्वसँगको असन्तुष्टिका कारण प्रवक्ताबाट राजीनामा दिएको हल्ला बाहिर आए पनि त्यसबारे कार्यसूची बनाएर छलफल नभएको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?