राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ

सारांश

  • पोखरा ।
  • नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको जीत हासिल गरेका छन् ।
  • आफ्ना प्रतिद्धन्द्धी डेविडलाई हराएसंगै जीत हासिल गरेका हुन ।

पोखरा ।

नुवाकोटे टाईगरले दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको जीत हासिल गरेका छन् । आफ्ना प्रतिद्धन्द्धी डेविडलाई हराएसंगै जीत हासिल गरेका हुन । पोखरा रंगशालाको बहुउद्देश्य कभर्डहलमा भएको खेलमा डेविडले टाईगरमाथी धेरै पटक शसक्त प्रहार गरेका थिए । डेभिडले टाईगरलाई अचेतको अवस्थामा पछारेर खेललाई लगभग आफ्नो पक्षमा पारि सकेका थिए । अझ उत्कृष्ट फिनिसिङ दिने चक्करमा रिङमाथी चढेर हाईजम्ब मार्फत टाईगरमाथी जाईलाग्न खोज्दा डेविड लक्ष्यमा पुग्न नसके पछि घुडा सिधै रिङमा बज्रिदा घाईते भए । उनी उठ्नै नसक्ने गरि बजारिएको मौकालाई सदुपयोग गर्दै टाईगरले डेविड माथी आफ्नो लक लगाए पछि रेफ्रीको तीन काउन्टसँगै च्याम्पियनको उपाधि जिते ।टाईगरले नगद एक लाख रुपैया र च्याम्पियन बेल्ट उपाधि प्राप्त गरे । प्रतियोगितामा उप विजेता बनेका डेभिडले नगद ५० हजार रुपैया पाए भने अर्का सशक्त रेस्त्लर चट्टानले तेस्रो स्थानको जीत हासिल गरे।

शुक्रवार ठगु र द युवबीच घमासन खेल भएकोभएको थियो खेल । उक्त दिनको खेलमा ठगुका साथीले आएर रेफ्रिलाई पछारेपछि खेल रद्द भएको थियो । त्यसपछि द युवले ठगुलाई रिङबाटै पुन खेल्न च्यालेन्ज गरेका थिए । ठगु र द युवबीच अन्तिम दिन शनिवार पुन एकदमै डरलाग्दो प्रतिस्पर्धा भएको थियो । दुबैले रिङ भित्र र बाहिर रहेका वस्तुहरु एकअर्का माथि प्रहार गरेका थिए । उनीहरुबीच भएको खेलमा टेबल, कुर्सी, फलामको चेन, सिढी लगायत त्यहा वरपर रहेका वस्तुहरु एक अर्का माथि प्रहार भएको थियो । निकै घमासान भएको खेलमा रगतको खोला नै बग्यो । दुवै जनाको अत्त्यन्तै कडा आक्रमणको अन्त्यतिर द युवले ठगुलाई उठनै नसक्ने गरी पछारेपछि जित हात पार्न सफल भए । जीतसंगै द युवले आईरन म्यानको उपाधि पाए ।

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएको २ दिने रिङ रेस्लिङ प्रतियोगिताको अन्तिम दिन प्रमुख अतिथीमा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ रहेको समापन कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य सदस्य ,राजेश गुरुङ, हरि खड्का, गण्डकी प्रदेशका खेलकुद् सदस्य सचिव तेज गुरुङ, राखेप सदस्य आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्व आजदेखि विधिपूर्वक सुरु
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप
अजय सुमार्गीले कान्तिपुरका मालिक सिरोहियामाथि यस्तो लगाए आरोप
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
प्रचण्ड, कमल थापा र बाबुराम भट्टराईसँग किन टिकेनन् हिरोइनहरु ?
Kareena Kapoor sets the stage on fire with her sizzling moves at Femina Miss India 2018 Finale!
Kareena Kapoor sets the stage on fire with her sizzling moves at Femina Miss India 2018 Finale!
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
सुनकोशी नदीमा बेपत्ता तीनको पहिचान खुल्यो
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
स्वर्गीय राजा वीरेन्द्रको ७४औं जन्मजयन्ती मनाइँदै
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
प्रधानमन्त्री देउवालाई माधव नेपालको आग्रह : तत्काल राजिनामा दिनोस्
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चांग समितिको निर्णय
बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ
बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ
चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !
चितवनमा माओवादीको अर्को ठूलो भुलः बाँदरमुढे पीडितलाई ज्यानमार्ने धम्की !

तपाईंले छुटाउनुभयो कि?