पेन्सनबाट विद्यार्थीलाई खाजा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
पेन्सनबाट विद्यार्थीलाई खाजा

सारांश

  • काठमाडौँ, २९ पुस ।
  • विद्यालयमा ३८ वर्षसम्म बालबालिकालाई सावाँ अक्षर सिकाएर जागिरे जीवनबाट अवकाश पाउँदा उनले गरेको अनुभवमध्ये एउटा हो– दिउँसो खाजा खान पाए विद्यार्थीले मन लगाएर पढ्छन् ।
  • आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका जनार्दन प्रसाईंले अनुभवमात्रै गरेनन्, व्यावहारिक रूपमा आफूले गर्न सक्नेसम्म गरिरहेका छन् ।

काठमाडौँ, २९ पुस । विद्यालयमा ३८ वर्षसम्म बालबालिकालाई सावाँ अक्षर सिकाएर जागिरे जीवनबाट अवकाश पाउँदा उनले गरेको अनुभवमध्ये एउटा हो– दिउँसो खाजा खान पाए विद्यार्थीले मन लगाएर पढ्छन् ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङका जनार्दन प्रसाईंले अनुभवमात्रै गरेनन्, व्यावहारिक रूपमा आफूले गर्न सक्नेसम्म गरिरहेका छन् । फावाखोलाको कालिका प्रावि, सादेवाको सिद्धेश्वरी निमावि, फूलबारीको गुप्तेश्वर मावि हुँदै आफ्नै गाउँ हाङपाङको सरस्वती मावि आएपछि १५ वर्ष पढाएका उनले पेसामै रहँदा त्यसलाई कार्यान्वयन गर्न सकेनन् । एक जनाले मात्रै दिँदा अरू शिक्षकले के भन्लान्, तल्लो कक्षाका लागि दिँदा माथिल्लो कक्षाले हामीलाई चाहिँ किन नदिएको भन्ने सोच्लान् जस्तो लाग्थ्यो । जब अवकाश भए, त्यही दिनबाट आफूले पढाएको अन्तिम विद्यालयमा खाजा कार्यक्रम सुरु गरे । २०६८ मंसिरमा अवकाश भएका उनले अझैसम्म यसलाई निरन्तरता दिएका छन् । अवकाश भएकै दिन खाजा कार्यक्रमका लागि ५० हजार रुपैयाँ विद्यालयलाई बुझाए । आमाबुबाको निधनपछि बरखीको सेता लुगा लगाएका बेला आमा पवित्रा प्रसाईंका नाममा खाजा कार्यक्रम सुरु गरे । उनका आमाबुबाको चार महिनाको अन्तरमा निधन भएको थियो ।

उनको योजनाअनुसार विद्यालय पुरी, तरकारी र रोटीलगायतका खाजा खुवाइदिन सहमत भयो । सुरु गर्दा खाजा खाने बालकक्षामा २६ जना विद्यार्थी थिए । अहिले विद्यालयले प्राथमिक तहलाई खाजा खुवाउँछ । नर्सरी तहको जिम्मा भने उनकै छ । विद्यालयले पठाएको बिलको रकम उनी भुक्तान गर्छन् । बालकक्षाकालाई मात्रै खुवाउँदा उनको मासिक १६ हजार रुपैयाँ खर्च हुन्छ । मासिक २५ हजार पेन्सन आउने भएकाले उनले त्यही रकमबाट विद्यालयलाई खाजा खर्च दिने गरेका छन् । ‘मैले पढाउँदाताका पनि हरेक दिन गोजीमा चकलेट, अमला, अम्बाजस्ता फलफूल र मिठाई बोकेर स्कुल पुग्थें,’ प्रसाईंले भने, ‘नानीहरू झुम्मिन्थे । अवकाश पाए पनि उनीहरूलाई खाजा खुवाउन पाउँदा खुसी लाग्छ ।’ दुई छोरा र एक छोरीका पिता ६९ वर्षीय प्रसाईं श्रीमती लक्ष्मीका साथ गाउँमै बस्छन् । खाजा कार्यक्रम मात्रै नभएर विद्यालयको भवन निर्माणलगायतमा पनि सहयोग गरेका छन् ।

आफ्ना भाइ, छोरा, छोरीलाई पनि सहयोगका लागि उत्प्रेरित गर्छन् । उनलाई सहयोगका लागि उनका बुबाले प्रोत्साहित गरेका हुन् । हाङपाङ माविलाई उच्च मावि बनाउँदा ५१ हजार सहयोग गरेका थिए । त्यतिबेला पाँच मन अलैंची बेच्दा नपुगेपछि जनार्दनले दुई महिनाको तलब थपेर सहयोग गरेका थिए । त्यो बेला मासिक तलब ८ हजार थियो । विद्यालय भवन बनाउँदा आफूले ५० हजार दिए । जेठो छोरो फणीन्द्र प्रसाईं ९नेपाल प्रहरीको डीएसपी०, कान्छो लोकेन्द्र ९सशस्त्र प्रहरीमा सई० र छोरी पुष्पलता (धरानमा मावि शिक्षक) लाई २५ हजारका दरले सहयोग गर्न लगाए । भाइहरू खगेन्द्र र तेजेन्द्रले पनि २५ हजारका दरले सहयोग गरे । अवकाशपछि अलैंची खेतीमा लागेका उनले विद्यालयमा अक्षय कोष खडा गर्ने योजना पनि बनाएका थिए । तर अलैंचीको मूल्य घटेर लगानीअनुसारको आम्दानी नभएपछि गर्न सकेका छैनन् । छोराछोरी आफैं गरिखाने भएकाले बाँचुन्जेल सहयोग गर्ने प्रसाईं बताउँछन् ।

टाढाबाट आउने बालबालिकालाई बिहान १० देखि ४ बजेसम्म बस्दा थकान र भोक लाग्ने भएकाले हरेक विद्यालयमा खाजा कार्यक्रम हुनुपर्ने उनको धारणा छ । खान नपाए दिउँसो १ बजेपछि हाईहाई गर्ने, पढ्नमा मन नलगाउनेजस्ता समस्या बालबालिकामा हुने गरेको उनले सुनाए । ‘दिन बित्दै जाँदा भोकाउँछन् नि,’ उनले भने, ‘त्यसैले सकेको सहयोग गरेको हुँ ।’
कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बल प्रधानमन्त्रीको खुट्टामा छ, उहाँले गोल हान्नुपर्छ :कांग्रेस
बल प्रधानमन्त्रीको खुट्टामा छ, उहाँले गोल हान्नुपर्छ :कांग्रेस
होटलमा खाजा खान गएका ग्राहकको छुरा हानेर हत्या
होटलमा खाजा खान गएका ग्राहकको छुरा हानेर हत्या
नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प
नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
सरकारको नीति तथा कार्यक्रम १ जेठमा
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
ओखलढुङगाका काँग्रेस नेताद्धयको चरित्र हत्या गर्ने प्रयास गरेको भन्दै कार्यकर्ताद्धवारा सर्वत्र विरोध
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
छानबिन समिति सहकारीपीडितलाई न्यायदिन सक्षम हुने लामिछानेको विश्वास
आगलागी हुँदा धनमाल क्षति
आगलागी हुँदा धनमाल क्षति
क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै
क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ मनाउँदै
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
कर्णाली प्रदेशमा नियुक्त मुख्यमन्त्री शर्मा को हुन् ?
नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा
नेपालमा कर तिर्दैनन् सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा