प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ३२, २०७६
|
|
३० पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए

सारांश

  • युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली फ्रान्सको हिमाल अवलोकनका क्रममा केबुलकारमा झण्डै एक घण्टा अड्किएका छन् ।
  • हिमाल तथा हिमाली क्षेत्रमा निर्माण गरिएका केही खेलकुद प्रशिक्षण केन्द्रहरुको अवलोकनका क्रममा प्रधानमन्त्री ओली चढेको केबलकार एक घण्टा अड्किएको अनलाईन लेदोफिने डटकमले जनाएको छ ।
  • फ्रान्सको ४ हजार ८ सय १० मिटर अग्लो मोन्ट ब्लान्स हिमाललाई जोड्ने केबलकार करिब २५ सय मिटर उचाईमा पुगेपछि अड्किए थियो ।

युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली फ्रान्सको हिमाल अवलोकनका क्रममा केबुलकारमा झण्डै एक घण्टा अड्किएका छन् । हिमाल तथा हिमाली क्षेत्रमा निर्माण गरिएका केही खेलकुद प्रशिक्षण केन्द्रहरुको अवलोकनका क्रममा प्रधानमन्त्री ओली चढेको केबलकार एक घण्टा अड्किएको अनलाईन लेदोफिने डटकमले जनाएको छ । फ्रान्सको ४ हजार ८ सय १० मिटर अग्लो मोन्ट ब्लान्स हिमाललाई जोड्ने केबलकार करिब २५ सय मिटर उचाईमा पुगेपछि अड्किए थियो । केबलकारमा अड्किनेमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसहित परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, पूर्व मिस नेपाल श्रृंखला खतिवडा लगायतका नेपाली प्रतिनिधि मण्डलका सदस्यहरु पनि सँगै रहेको सो अनलाईनले उल्लेख गरेको छ ।

केबलकार यात्राका क्रममा तिब्र गतिमा हावा चल्दा केबलकार कम्पनीको प्राविधिक टोलीको सुझावका आधारमा बन्द गरिएको थियो । हावा चल्न कम भएपछि पुनः केबुलकारबाट हिमाल अवलोकन गरी प्रधानमन्त्रीसहितको नेपाली टोली फर्किएको थियो ।

प्रधानमन्त्री ओली फ्रान्सबाट पुनः स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । प्रधानमन्त्री ओली सहितको टोली भोलि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यो पनि पढ्नुस्
प्रधानमन्त्री नेपाल फर्किए पछि यातायात भाडा बढ्ने
सरकारले सबैखाले सार्वजनीक सवारी साधनमा लागू हुने गरी बढाएको एक दिन पनि नबित्दै फिर्ता लियो । बिहिबार दिउँसो करिब ३ बजेतिर भाडा बढाएको सूचना जारी गरेको यातायात व्यवस्था विभागले बेलुकी ८ नबज्दै विज्ञप्ति जारी गर्दै फिर्ता गरेको हो । यता विभागले भाडा वृद्धि गरेलगतै किन फिर्ता ग¥र्याे भनेर अहिले आम चासोको विषय बनेको छ ।सार्वजनिक यातायातको बढाएको भाडा एक दिन नवित्दै फिर्ता लिएको छ । छोटो तथा लामो दूरीका बस, मिनिबस, माइक्रोबस, ट्रक टेम्पो लगायत सबैखाले सार्वजनिक गाडीमा अधिकतम १२ प्रतिशतसम्म भाडा बढाउने गरिएको निर्णय एक दिन पनि टिकेन । वैज्ञानिक भाडादरको प्रावधानअनुसार सवारी साधनको मूल्य, इन्धनको मूल्य, गाडीका उपकरणको मूल्य, श्रमिकको ज्यालादरलगायतलाई आधार मानेर १२ प्रतिशत भाडा बढाइएको भनिएको थियो ।

भाडा बढाउने निर्णयको सामाजीक सञ्जाल तथा सबैतिर विरोध भयो । विरोधपछि प्रधानमन्त्री कार्यालयको निर्देशनमा भाडा समायोजन रोक्न आदेश आएपछि निर्णय फिर्ता लिईएको यातायात विभागका प्रवक्ता तीर्थराज खनालले बताए ।

प्रधानमन्त्री पनि स्वदेशमा नभएको अवस्था र संसदमा बजेटका विषयमा छलफल चलिरहेको साथै प्रतिपक्षीको विरोध पनि उत्तिकै छ । साथै सरकारले ल्याएको विभिन्न विधेयकहरु विवादमा छन् ।
यसै अवस्थामा भाडा वृद्धिको निर्णयले उपभोक्तालाई थप आक्रोश बनाउन सक्ने भन्दै फिर्ता लिईएको जनाईएको छ । साथै प्रधानमन्त्री ओली स्वदेश फर्किएपछि मापदण्ड मिलाएर समायोजन गरिने खनालले बताएका छन् ।

अहिले तत्काललाई बढाउने निर्णय फिर्ता लिएपनि प्रधानमन्त्री स्वदेश फर्किपछि छलफल हुने उनले बताए । सरकारले दशैंअघि १० प्रतिशत भाडा बढाएको थियो । दशैंअघि भाडा बढाउँदा अध्ययन कमिटीको सिफारिसमा पुन भाडा समायोजन गर्ने भनिएको थियो ।

तर, विभागले अस्थाई रुपमा बढाएको भाडा बदर नगरी त्यही भाडामा नै थप हुने गरी बिहिबार भाडा बढाएको भन्दै कार्यबाहक प्रधानमन्त्रीले पछि हट्न सुझाएपछि भाडा घटाईएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?