२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
२ लाख ५० हजार र मोटरसाइकल दाईजो नपाएपछि दुलही नलिई फर्कियो जन्ती !

सारांश

  • पर्सा, ३१ वैशाख ।
  • पर्सामा दुलही लिन आएको जन्ती रित्तो हात घर फर्केको छ ।
  • विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो ।

पर्सा, ३१ वैशाख । पर्सामा दुलही लिन आएको जन्ती रित्तो हात घर फर्केको छ । विवाहमा दुलाहाले धोती लगाउन नमानेको विषयमा विवाद भएपछि वरियात दुलहीबिनै घर फर्केको हो ।

वीरगञ्ज महानगरपालिका पिपरा निवासी रामबाबु मिश्राको घरमा आएको जन्ती विवादपछि दुलही नै नलिई आइतबार फर्किएको हो । जीतपुर निवासी रोशनकुमार मिश्रको विवाह वीरगञ्जका रामबाबु मिश्राकी छोरीसँग तय भएकोमा शनिबार राति जन्ती आएको थियो ।

जन्तीले खानपिन शुरु गरिसकेपछि विवाहको कार्यक्रम शुरु गरिएकोमा मण्डपमा बस्ने समयमा दुलाहाले धोती लगाउन नमानेपछि बेहुली पक्षले विवाद शुरु गरेका थिए । विवादका क्रममा बिहान तीन बजे जन्ती र बेहुली पक्षबीच कुटाकुट नै हुन पुगेको थियो ।

मधेसी समुदायमा बेहुला धोती लगाएर मण्डपमा बस्नुपर्ने प्रचलन छ । विवादपछि राति नै वडा प्रहरी कार्यालय, श्रीपुरबाट प्रहरी टोली विवाहस्थल पुगेको थियो । तर प्रहरीको प्रयास सार्थक हुन सकेन । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक कुमार मैनालीले विवाद मिलाएर विवाह अघि बढाउने प्रयास गरे पनि नसकिएको बताए ।

विवाहमा धोती लगाएर मण्डपमा बस्नुपर्ने परम्परा भए पनि बेहुलाले त्यसलाई नमानेपछि बेहुलीका मामाले बेहुलामाथि दुव्र्यवहार गरेका थिए । विवादको क्रममा दुलाहा र दुलाहाका भिनाजुलगायत जन्तीहरुमाथि कुटपीट भएको थियो । कुटपीटबाट घाइते दुलाहाका भिनाजु सन्तोष मिश्रालगायत चार जना घाइते समेत भएका थिए । उनीहरु नेशनल हेल्गथ केयर अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

झगडाको भित्री कारण दाइजो

स्रोतका अनुसार झगडाको बाहिरी कारण जे सुकै देखिए पनि भित्री कारण भने दाइजो भएको बताइएको छ ।केटा र केटी विवाहका लागि राजी भइसकेको भए पनि केटा पक्षले दाइजोको विषयमा असहमति राख्दै आएका थिए । यसअघि दुलाहाको कपडा किन्ने विषयमा समेत विवाद भएको बुझिएको छ ।

कुरा छिन्ने समयमा केटी पक्षले केटा पक्षलाई २ लाख ५० हजार नगद र १ लाख ८० हजारको मोटरसाइकल दिने सहमति भएको थियो । तर केटी पक्षले २ लाख जति नगद र १ लाख ५० हजार जति मात्रै मोटरसाइकलका लागि दिएपछि केटी पक्ष असन्तुष्ट थिए । विवाहको दिनमा दुलाहाका दाइले जन्तीका लागि खाने कुरा मिठो नभएको भन्दै असन्तुष्टी जनाएका थिए ।

वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक मैनालीले दुवै पक्षलाई सम्झाइ–बुझाइ थप विवाद नगर्ने गरी पठाएको जानकारी दिए । ‘ लगभग विवाह सक्कीसके पछि विवाद भएको रहेछ । केटा र केटी दुवै विवाह गर्न राजी देखिए ।’ उनले भने ‘ दुवै पक्षलाई बसाएर अब आईन्दा झै झगडा नगर्ने वाचा गरेपछि छोडि दिएको छु ।’

(https://eluminoustechnologies.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?