पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ ७, २०७५
|
|
३९ पटक हेरिएको
Shares
पस्मिनादेखि सिमेन्टसम्म यी ९ वटा सम्झौता भए, १ खर्ब ८० अर्बको चिनियाँ लगानी भित्रिंदै

सारांश

  • काठमाडौं, ७ असार- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली टोली चीन भ्रमणमा रहेका बेला विभिन्न जलविद्युत आयोजनामा सम्झौता हुने भएको छ ।
  • हिजो बुधबार नेपाली निजी कम्पनी र चिनियाँ कम्पनी बीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका ४ जलविद्युत आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।
  • प्रधानमन्त्री ओलीले अहिले नेपालमा चिनियाँ लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् ।

काठमाडौं, ७ असार- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपाली टोली चीन भ्रमणमा रहेका बेला विभिन्न जलविद्युत आयोजनामा सम्झौता हुने भएको छ । हिजो बुधबार नेपाली निजी कम्पनी र चिनियाँ कम्पनी बीच करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा कुल ८ सय ७९ मेगावाट क्षमताका ४ जलविद्युत आयोजनामा संयुक्त लगानी गर्ने लिखित सम्झौता भएको छ ।

प्रधानमन्त्री ओलीले अहिले नेपालमा चिनियाँ लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् । हिजो बेइजिङमा आयोजित नेपाल चीन वाणिज्य मञ्चलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असल छिमेकीका रूपमा नेपालले चीनसँग आर्थिक तथा व्यापारिक सहयोगलाई मजबुत बनाउने आशा व्यक्त गरे ।

चिनियाँ लगानीमा करिब ९ सय मेगावाट उत्पादन क्षमताका ४ वटा जलविद्युत् आयोजनामा भित्रिने बताइएको छ । त्यसैगरी नेपाली सरकारी तथा निजी र चीनबीच सिमेन्ट, फलफूल उद्योग, सिँचाइ परियोजनाका ४ सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपाल र चिनियाँ कम्पनीबीच निम्न सम्झौता भएका छन् :
१- माथिल्लो मस्र्याङ्दी-२ आयोजना (६सय मेगावाट) निर्माण
२- कालीगण्डकी गर्ज आयोजना (१सय ६४ मेगावाट) निर्माण
३- त्रिशूली–गल्छी आयोजना (७५ मेगावाट) निर्माण
४- सिउरी न्यादी जलविद्युत् आयोजना (४०.२७ मेगावाट) निर्माण
५- दैनिक ३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने उद्योग स्थापना
६- फलफूल प्रशोधन उद्योग स्थापना
७- नेपाली पस्मिना खरिद
८- पूर्वी तराईको सिँचाइ प्रणाली व्यवस्थित गर्न सहयोग
९- रसुवागढी–केरुङ प्रसारण लाइन निर्माण

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Bhairab Bista

    रकमको अंक लेखाइमा कति लापरबाही गरेको ?शिखर न्यायलाई एकचोटी राम्रो संग पढ्न अनुरोध ।

    Comment Author

    Ganesh Shakya

    एक अर्ब २५ खर्ब भनेको कति होला?

    Comment Author

    Gunbir Paharai

    के गर्ने जति खर्बौ भितृये पनि भुस्याको भुदिमा मात्रेइ त हो

    Comment Author

    Suman Khanal

    Hmm 1 arba 80 kharba?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?