प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु मात्रै छन् : भण्डारी

सारांश

  • वैशाख ३, काठमाण्डौ ।
  • नेपाली कांग्रेसका नेता डा.
  • चन्द्र भण्डारीले सरकारले गरेको क्रियाकलापको आलोचना गर्न बाध्य भएको बतएका छन् ।

वैशाख ३, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले सरकारले गरेको क्रियाकलापको आलोचना गर्न बाध्य भएको बतएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै भण्डारीले गर्न नसकेको काम सम्झाएर सरकारलाई औषधी खुवाउनुपरेको बताए ।

नेपाली कांग्रेसले सोमबार मात्रै पत्रकार सम्मेलन गरेर केपी ओली नेतृत्वको सरकार २०७५ सालभरी असफल भएको धारणा सार्वजनिक गरेको थियो ।

वाइडवडी विमान खरिद प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाको पनि नाम मुछिएकोबारे भने भण्डारीले खण्डन गरे । देउवाले नै विमान खरिदमा भएको भ्रष्टाचारको छानविन गर्न देउवाले नै दबाब दिएको भन्दै भण्डारीले आरोप सत्य नभएको जिकिर गरे ।

पछिल्लो समय भ्रष्टाचार न्यूनिकरण गर्न ओली नेतृत्वको सरकार असफल भएको भण्डारीको आरोप छ । प्रधानमन्त्री ओलीको वरिपरी भ्रष्ट र तस्करहरु बसेको तर कारबाही हुन नसकेको भण्डारीको जिकिर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?