दीपिकाको खुलासा : रणवीरले धेरै झगडा गरे…

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
दीपिकाको खुलासा : रणवीरले धेरै झगडा गरे…

सारांश

  • एजेन्सी।
  • बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण एक भइसकेका छन्।
  • रणवीर र दीपिकाले १४–१५ नोभेम्बरमा विवाह गरेका हुन्।

एजेन्सी। बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण एक भइसकेका छन्। रणवीर र दीपिकाले १४–१५ नोभेम्बरमा विवाह गरेका हुन्। विवाहपछि दुवै जना यतिबेला रोमान्समा व्यस्त छन्।

 

विवाहपछि पहिलो पटक दीपिकाले आफू र रणवीरबीचको सम्बन्धका विषयमा खुलेर कुरा गरेकी छन्। फिल्मफेयरलाई दिएको एक अन्तवार्तामा दीपिकाले आफूहरुको राम्रो सम्बन्धका कारण विवाह सम्भव भएको उल्लेख गरिन्। उनीहरुले करिव ६ वर्षसम्म डेट गरेका थिए।

 

६ वर्षसम्म एक अर्कालाई बुझेपछि उनीहरु विवाह बन्धनमा बाँधिएका हुन्। दीपिकाका अनुसार उनीहरुले चार वर्ष पहिला नै इन्गेजमेन्ट गरेका थिए। यसको जानकारी दुवैजनाका परिवारलाई मात्र थाहा थियो।  यो कुरा कसैलाई पनि थाहा नहोस भनेर गोप्य राखिएको बताइन्।

दीपिकाका अनुसार ६ वर्षको रिलेशनशीपमा आफू र रणवीरबीच धेरै पटक झगडा भएकोसमेत सुनाइन्। तर झगडाकै कारण ब्रेकअपका बारेमा कहिल्यै पनि नसोचिएको उनले खुलाइन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?