मलेसियामा एक नेपाली चेली समस्यामा
सारांश
- मलेसिया, २० साउन।
- कुनैबेला नेपाली युवाहरूको रोजगारीको पहिलो गन्तव्य बनेको मलेसियाबाट अचेल दैनिक अप्रिय खबरहरु आइरहेकाछन्।
- भर्खरै सम्पन्न निर्वाचनमा मतदान गरेकि एक रुकुमेलि चेली मलेसियामा अल्झिएकी छिन् ।
मलेसिया, २० साउन। कुनैबेला नेपाली युवाहरूको रोजगारीको पहिलो गन्तव्य बनेको मलेसियाबाट अचेल दैनिक अप्रिय खबरहरु आइरहेकाछन्। भर्खरै सम्पन्न निर्वाचनमा मतदान गरेकि एक रुकुमेलि चेली मलेसियामा अल्झिएकी छिन् । पुर्बि रूकुमको भुमे गाउँपालिका ४ कि , हिरा पुन मगर चार महिना अघि रोजगारीका लागि मलेसिया आएकी थिइन् ।
ललितपुरको “international Manpower Recruttment” बाट मलेसिया आएकी उनी अहिले नसोचेको दुर्घटनामा परेपछि समस्यामा छिन् । त्रीयासी हजार नेपाली रकम तिरेर मलेयसिया ईपोहको “Qaulity coils Industries” कमपनिमा आएकी पुनलाई कम्पनिको काम सकेर होस्टेलमा पानि भर्न जादा भर्याङमा लडेपछि खुट्टामा गहिरो चोट लागेको छ। गम्भीर चोटका कारण विगत दुई महिनादेखि उनि काम गर्न नसक्ने अबस्थामा रहेको दाङका शान्तराज बुढा मगरले जानकारी दिनुभयो।
स्थानीय मेडिकलमा पटकपटक उपचार गर्दापनी घाउ निको नभएपछि हाल उनी नेपाल फर्कन चाहान्छिन। यद्यपि नेपाल जानुपुर्व ४ हजार ७ सय मलेसियन रिंगिट भुक्तानी गर्नुपर्ने उनी कार्यरत कम्पनीले जनाएको छ। उता समस्या दर्शाउँदा मलेसिया पठाउने म्यानपावर र एजेन्टले पनि बेवास्ता गरेको पिडित पुनको दुखेसो छ। कम्पनीले भने अनुसारको रकम रकम जुटाउन नसक्दा अहिले उनि तनाबमा छिन्। साथै आफ्नो यो मर्कामा सक्दो सहयोग गरेर सघाउन समेत उनले सबैमा अपिल गरेकीछिन्। सहयोग गर्न इच्छुक व्यक्ति या संघ सँस्थाले पिडित पुनको मोबाइल नम्बर ००६०११३९०४८५९४ मा सम्पर्क गर्नसक्ने पिडित पुनले जनाउनु भएको छ।
Umesh Banjade
समाचार प्रकाशनका लागि धन्यवाद शिखर न्युज परिवार !