प्यूठानमा ६० प्रतिशत मत खस्यो, आहालखोलामा भने मतदान स्थगित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३८ पटक हेरिएको
Shares
प्यूठानमा  ६० प्रतिशत मत खस्यो, आहालखोलामा भने मतदान स्थगित

सारांश

  • प्यूठान – दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्यूठान जिल्लाबाट ६० प्रतिशत मत खसेको छ ।
  • जिल्लामा रहेका २ सय मतदान केन्द्र र १ सय ५१ मतदान स्थलबाट उक्त मत खसेको थियो ।
  • झिमरुक गाँउपालिका आहालखोला मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ ।

प्यूठान – दोस्रो चरणको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा प्यूठान जिल्लाबाट ६० प्रतिशत मत खसेको छ ।

जिल्लामा रहेका २ सय मतदान केन्द्र र १ सय ५१ मतदान स्थलबाट उक्त मत खसेको थियो । झिमरुक गाँउपालिका आहालखोला मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ । मतदान अधिकृतको हस्ताक्षर नभएको फर्जी मत खसेका करण निर्वाचन स्थगित भएको नेकपा माओवादी केन्द्रका नेता पित बहादुर एम.सीले जानकारी दिएका छन् ।

अहिले जिल्लाभरका मतपेटिका संकलन गर्ने काम भइरेहेको जिल्ला निर्वाचन कार्यालय जनाकारी दिएको छ ।

आहालखोला बाहेक अन्य सबै मतदान स्थालहरुमा भएरहित तथा शान्तिपूर्ण ढंगबाट मतदान सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । जिल्लामा १ लाख ३८ हजार ६ सय मतदाता रहेका थिए ।

नेता मणि थापाले बालज्योती मतदान गरे 
माओवादी केन्द्र नेता एंव प्रतिनिधि सभा समानुपातिक उम्मेद्वार मणि थापाले प्युठान नगरपालिका ८ गेजवाङस्थित बाल ज्योती आधारभुत बिद्यालयमा रहेको ख मतदान केन्द्रबाट मतदान गरेका छन्  । उनले मतदानको सुभारम्भ समेत गरेका हुन् ।

थापाले मतदान पश्चात आजको दिन संघिय गणतन्त्र नेपालको ऐतिहासिक दिन रहेको बताए । देशमा शान्ति, समृद्धि र स्थिरताका लागि सबैले मतदान गर्नु पर्ने उनको तर्क छ ।

प्रतिनिधिसभाका उमेद्वार दुर्गा पौडेलले बालशिक्षा मा वी मच्ची, गोविन्द राज पोख्रेलले ऐरावती ५ ढावाचौर अमरज्योती आधारभुत बिद्यालय, प्रदेश सभाका उमेद्वार कृष्णध्वज खड्का स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलाबाट मतदान गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
विषादी परिक्षण नगर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
यी मन्त्रीलाई निरन्तरता दिएर प्रधानमन्त्री ओलीद्वारा मन्त्रीमण्डल पुर्नगठनको तयारी
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
प्राधिकरणको नयाँ नियमविरुद्ध हुम्लावासी आन्दोलित
ट्रेड युनियन काँग्रेसले श्रमिकका लागि अभियान सञ्चालन गर्ने
ट्रेड युनियन काँग्रेसले श्रमिकका लागि अभियान सञ्चालन गर्ने
काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !
काठमाडौंको बिजेश्वरीमा प्रहरीले गोली चलायो !
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
क्रिस्टियानो रोनाल्डोपनि क्वारेन्टाईनामा
अनलाइन सेवा विस्तार हुँदै
अनलाइन सेवा विस्तार हुँदै
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३
कोरोना अपडेटः १९ जना थपिएसँगै संक्रमितको संख्या पुग्यो ६०३
अफगानिस्तानमा अमेरिकी बम विस्फोटमा परी  सैनिकको मृत्यु
अफगानिस्तानमा अमेरिकी बम विस्फोटमा परी सैनिकको मृत्यु