पेट्रोल, मट्टीतेल, डिजेलको भाउ बढ्यो
सारांश
- काठमाडौं ।
- आयल निगमले आज सोमबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।
- अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजन गर्न भन्दै पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
काठमाडौं । आयल निगमले आज सोमबारदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ । अन्तर्राष्ट्रिय बजारसँग मूल्य समायोजन गर्न भन्दै पेट्रोलियम पदार्थको भाउ बढाएको हो ।
आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ डिजेल र मट्टीतेलमा २ रुपैयाँ बढाएको छ ।हवाई इन्धनको मुल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसा बढेको छ ।
नयाँ मुल्यअनुसार काठमाडौंमा पेट्रोलको १ सय ११ रुपैयाँ, डिजेलको र मट्टीतेलको मूल्य ९५ रुपैयाँ उपभोक्ताले तिर्नुपर्नेछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया