फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
फिलिपिन्समा आँधीबाट मृत्यु हुनेको संख्या ६८ जना पुग्यो

सारांश

  • काठमाडौँ,१६ पुस ।
  • फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् ।
  • बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।

काठमाडौँ,१६ पुस । फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा ६८ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।

अधिकारीहरुले सोमबार साँझसम्म मृत्यु हुनेको संख्या २२ रहेको जनाएका थिए । खोजी तथा उद्धार कार्य अझै जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । अझै पनि १७ जना हराइरहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ ।

आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका छन् ।

नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भूस्खलन र डुबेर भएको छ । स्थानीयवासीको शब्दमा “उस्मान” भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ ।

“अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ । हामी मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाउँदैछौं । केही ठाउँमा त बाढी मानिसका घरको छानासम्म पुगेको छ,” बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताउनुभयो ।

आँधी आउनुअघि नै २२ हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका थिए । आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन् ।

फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई गरिबीको दुस्चक्रमा पु¥याउँछ ।

सन् २०१३ मा आएको शक्तिशाली हाइयान आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
फौजदारी संहिताले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यतामा आघात : महासंघ
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
बूढीगण्डकी जलविद्युत् आयोजना रद्द गरेपछि बेइजिङमा बेचैनी !
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
पुष्पकमल दाहालले ‘त्रिमूर्ति सम्मान र सत्यमोहन जोशी शताब्दी पदक अस्वीकार
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
राष्ट्रिय प्रसारण लाइनमा जोडियो ५४ मेगावाटको बिजुली
लेखा समितिमा १२१ उजुरी
लेखा समितिमा १२१ उजुरी
व्यवस्थित बसपार्क नहुँदा दुर्घटनाको जोखिम
व्यवस्थित बसपार्क नहुँदा दुर्घटनाको जोखिम
चन्द्रौटामा ७६ जनाले गरे रक्तदान
चन्द्रौटामा ७६ जनाले गरे रक्तदान
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
दर्जनौँ छात्रासहित अफगानिस्तानी ८७ जनालाई विष खुवाइएको पुष्टि
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री
अन्तर्राष्ट्रिय विमानस्थलको सेवामा क्रमिक सुधार : पर्यटनमन्त्री

तपाईंले छुटाउनुभयो कि?