लेखा समितिमा १२१ उजुरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
लेखा समितिमा १२१ उजुरी

सारांश

  • काठमाडौँ ।
  • सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ ।
  • विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् ।

काठमाडौँ । सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ ।

विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् ।

लेखा समितिको आजको बैठकमा समितिका सचिव एकराम गिरीले नयाँ सदस्य आएपछि थप एउटासहित हालसम्म १२१ उजुरी फछ्र्यौट हुन बाँकी रहेको जानकारी गराए ।

नयाँ संसद आएपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ । समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सार्वजनिक लेखा समिति अविछिन्न उत्तराधिकारीवाला संस्थाका रुपमा रहने भएकाले नयाँ सदस्य नियुक्त हुनुभन्दा अघिका उजुरीबारे पनि छलफल र छानबिन गरिनुपर्ने बताए ।

समिति सदस्यहरु राजन केसी, अमरेशकुमार सिंह, रामकृष्ण यादव, गोकुलप्रसाद बास्कोटा, रामकृष्ण यादव, योगेशकुमार भट्टराई, विक्रम पाण्डे, जनार्दन शर्मालगायतले समितिमा परेका सबै उजुरीलाई छलफल र छानबिन गर्नुभन्दा महत्वपूर्ण विषयमाथिका उजुरीलाई पहिले समितिमा ल्याइनुपर्ने धारणा राखेका छन् ।

समिति सञ्चालन कार्यविधिमाथिको छलफल पनि समितिको आजको बैठकमा चलेको थियो । त्यस्तै, समिति सभापति चयन छिट्टै टुङ्ग्याउने विषय पनि समितिमा उठेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस जिते जनता मालिक हुनेछन् – सभापति देउवा
काँग्रेस जिते जनता मालिक हुनेछन् – सभापति देउवा
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
लगानी सम्मेलन आजदेखि सुरु हुँदै,सम्मेलनमा ५५ देशबाट लगानीकर्ता आउने
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते
जिपको ठक्करबाट एकको मृत्यु, एक घाइते
आगामी आवको बजेट निर्माण सुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
आगामी आवको बजेट निर्माण सुरु, प्रदेश र स्थानीय तहसँग योजना माग
संसदमा सरकारमाथि खनिए प्रतिपक्ष सांसद : मिनेन्द्र रिजाल
संसदमा सरकारमाथि खनिए प्रतिपक्ष सांसद : मिनेन्द्र रिजाल
उपत्यकाभित्रका नदी करिडोरका बस्ती व्यवस्थापनमा गृह मन्त्रालयको पहल
उपत्यकाभित्रका नदी करिडोरका बस्ती व्यवस्थापनमा गृह मन्त्रालयको पहल
प्रदेश सरकारले कुन-कुन कर उठाउन पाउँछ ?
प्रदेश सरकारले कुन-कुन कर उठाउन पाउँछ ?
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश
नेपालको पहिलो सहभागितामै सफलता, दोस्रो चरणमा प्रवेश

तपाईंले छुटाउनुभयो कि?