नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०८०
|
|
४९ पटक हेरिएको
Shares
नेपालद्वारा विविएनजे सम्झौतामा हस्ताक्षर

सारांश

  • न्यूयोर्क।
  • नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।
  • संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

न्यूयोर्क। नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ।

संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसंघले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।

राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा बुधबार आयोजित समारोहमा नेपालको तर्फबाट मन्त्री साउदले हस्ताक्षर गरेका हुन्। अतिकम विकसित देशबाट यो सम्झौतामा हस्ताक्षर गर्ने नेपाल एक हस्ताक्षरकर्ता देश बनेको छ।

खासगरी यो सम्झौताले पृथ्वीमा समुद्र र जमिनको भूभाग ३०/३० प्रतिशत कायम गर्ने अवधारणालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नेछ। सन् २०३० सम्ममा यो सम्झौता लागू गरिसक्ने राष्ट्रसंघले जनाएको छ।

यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० देखि सन् २०२५ को सेप्टेम्बर २० सम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको छ। नेपालले उक्त सम्झौता हस्ताक्षर गर्ने दिनमा नै हस्ताक्षर गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ : प्रधानमन्त्री ओली
काँधमा सिलिन्डरका डल्ला बोकेर हिँड्ने युग अन्त्य हुनेछ : प्रधानमन्त्री ओली
ड्याट्सन रेडी गो, क्विड र इयोन कार कम्पनीद्वारा फिर्ता गरिने
अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक
अस्ट्रेलियन मसल मोडल प्रतियोगितामा दुई नेपालीलाई पदक
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
एमाले–माओवादीको केन्द्रीय कमिटी विघटन !
रोल्पामा रिङ रोड र केबलकारको सपना
रोल्पामा रिङ रोड र केबलकारको सपना
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
प्रस्ताव फिर्ता लिन सरकारलाई नेकपा (माले) को पुनः आग्रह
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
थाइल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली राष्ट्रिय फुटबल टिम
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
होशियार जथाभावी सवारी पार्किङ नगर्नुहोस परिएला (TVT) कारबाहीमा …..
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
टयांकरमा इन्धन खाली हुदाँ प्रधानमन्त्री पोखरामा विमानस्थलमा १ घण्टा रोकिए
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?