शैक्षिक सामग्री वितरण

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२६ पटक हेरिएको
Shares
शैक्षिक सामग्री वितरण

सारांश

  • बाजुरा, १८ पुस ।
  • जिल्लाको बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका ३३ सामुदायिक विद्यालयका एक हजार ९४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
  • चार वर्षदेखि बुढीगङ्गा नगरपालिकाभित्रका छ वडा र खप्तड छेडेदह गाउँपालिकाका ७ वडाका अतिविपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक र जुत्ता वितरण गरिँदै आएको छ ।

बाजुरा, १८ पुस । जिल्लाको बुढीगङ्गा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका ३३ सामुदायिक विद्यालयका एक हजार ९४५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चार वर्षदेखि बुढीगङ्गा नगरपालिकाभित्रका छ वडा र खप्तड छेडेदह गाउँपालिकाका ७ वडाका अतिविपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोशाक र जुत्ता वितरण गरिँदै आएको छ ।

खप्तड छेडेदह गाउँपालिका–३ का वडाध्यक्ष दीपक रावतका अनुसार वडा कार्यालयको सिफारिशमा विद्यार्थीलाई सामग्री वितरण गरिँदै आएको हो । “वर्षभरि पुग्ने शैक्षिक सामग्री र न्यानो लुगा उपलब्ध गराउँदै आएका छौँ,” उहाँले भन्नुभयो, “न्यानो लुगा नहुँदा विद्यालय आउनेको सङ्ख्यामा कमी आएको थियो, अहिले नियमित आउन थालेका छन् ।”

मालिका मावि गाँजराका शिक्षक राजेन्द्र सिंह १५० विपन्न विद्यार्थीले सहयोग पाउने गरेको बताउनुहुन्छ । विद्यार्थीलाई वार्षिक तीन पटक अनिवार्य स्वास्थ्य जाँचको समेत व्यवस्था गरिएको छ ।

भानुदय माविका प्राचार्य मनवीर खाती कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई कम्प्युटर शिक्षा प्रदान गरिँदै आएको बताउनुहुन्छ । जिल्लाका ३३ विद्यालयलाई सहयोग गरिँदै आएको ‘गुड नेवर्स इण्टरनेशनल’का जिल्ला संयोजक खड्क बोहराले बताउभुयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?