भक्तपुरको रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भक्तपुरको रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार

सारांश

  • भक्तपुरको एक रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार भएको छ।
  • घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
  • जागीर लगाइदिने प्रलोभन देखाएर चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडामा रहेको बाटोमाथिको रिसोर्टमा पुर्याएर १७ वर्षीया किशोरीलाई दुई युवाले जबरजस्ती करणी गरेका हुन्।

भक्तपुरको एक रिसोर्टमा युवतीमाथि सामूहिक बलात्कार भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जागीर लगाइदिने प्रलोभन देखाएर चाँगुनारायण नगरपालिका ७ हेल्मेटडाँडामा रहेको बाटोमाथिको रिसोर्टमा पुर्याएर १७ वर्षीया किशोरीलाई दुई युवाले जबरजस्ती करणी गरेका हुन्। करणीमा संलग्न दुई र उनीहरुलाई सहयोग गर्ने दुई गरी चार युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।

करणी आरोपमा पक्राउ पर्नेमा बझाङ थलारा गाउँपालिका २ घर भई काठमाडौं शान्तिनगर बस्ने २६ वर्षीय निश्चल उपाध्याय र तनहुँको म्याग्दे गाउँपालिका ७ रानीश्वारा घर भई चाँगुनारायण ७ बस्ने २० वर्षीय प्रदीप कुँवर छन्।

त्यसैगरी सोही रिसोर्टमा काम गर्ने काभ्रेको भुम्लु गाँउपालिका २ डटुवाका २१ वर्षीय प्रदीप केसी र गोरखाको गोरखा नगरपालिका ९ लक्ष्मीबजार घर भएका २२ वर्षीय अश्विन कुँवर पनि पक्राउ परेका छन्। उनीहरुले किशोरीलाई बलात्कार गर्न सहयोग पुर्याएको आरोप प्रहरीको छ।

प्रहरीका अनुसार उपाध्याय र कुँवरले रेष्टुरेन्टमा जागीर लगाइदिने भन्दै ललाइफकाइ किशोरीलाई गएको मंगलबार रिसोर्ट पुर्याएका थिए। किशोरी रिसोर्ट पुगेपछि अन्य दुई युवाले ढोका बन्द गरेर बलात्कारमा सहयोग गरेको पाइएका डिएसपी गिरीले बताए।-दृष्टिबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?