देवी ज्ञवाली भन्छन् : सर्वोच्चमा जानु नै गल्ती भो

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
३९ पटक हेरिएको
Shares
देवी ज्ञवाली भन्छन् : सर्वोच्चमा जानु नै गल्ती भो

सारांश

  • चितवन ।
  • नेकपा एमाले चितवनले सर्वोच्चमा जानु नै गल्ती भएको ठहर गरेको छ ।
  • भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले बताए ।

चितवन । नेकपा एमाले चितवनले सर्वोच्चमा जानु नै गल्ती भएको ठहर गरेको छ । भरतपुर महानगरपालिकाको निर्वाचनको विषयमा सर्वोच्चमा जाँदा आफू पराजित भएको प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीले बताए ।

नेकपा एमाले चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णय नमान्दा पराजित भएको उनले बताए । वडा नम्बर १९ को मतगणना चलिरहँदा मतगणनाको क्रममा मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदानको निर्णय गरेको थियो ।

एमालेले त्यो निर्णयकोविरुद्ध पुनः मतगणनाको माग गर्दै सर्वोच्चमा रिट हालेको थियो । सार्वेच्चको निर्णयमा ढिलाई हुँदा यो अवधिमा विपक्षीले तयारीको समय पाएकाले हार भएको ज्ञवालीले बताए । ’लम्ब्याउने कुरा उहाँहरुको सेटिङ रहेछ ज्ञवालीले भने‘ यो बीचमा उहाँहरुले चलखेल गर्ने मौका पाउनुभयो।‘

उनले आयोगको निर्णय मानेर सोझै चुनावमा गएको भए आफूले चुनाव जित्ने दावी गरे । महानगरपालिकाको प्रमुखमा ज्ञवालीलाई पराजित गर्दै माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी हुन् । ज्ञवालीले मेयर पदमा आफू हारेपनि राजनीतिमा जितेको दावी गरे । नेकपा एमाले चितवनले राज्यसत्ताको दुरुपयोग गरेर आफ्ना उम्मेदवार हराएको आरोप लगाएको छ।

आफूहरुले निर्वाचन जित्ने भएपछि आर्थिक प्रलोभनमा पारेर षड्यन्त्र गरेको एमाले चितवनको आरोप छ । लोकतान्त्रिक प्रतिस्पर्धामा हारजित हुनु स्वभाविक भएपनि सत्तागठबन्धनले सत्ताको दुरुपयोग गरेर प्रमुख पदमा एमालेका उम्मेदवारलदाई पराजित गरेको एमाले चितवनको आरोप छ । पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाले चितवनले लोकतान्त्रिक प्रक्रियामाथि प्रहार भएको आरोप लगाएको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १९को पछिल्लो मतमपरिणाम स्वभाविक मान्न नसकिने एमाले जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले बताए । पैसा खर्च गरेर जितेको उनले आरोप लगाए । भरतपुरका वडामा विजयी भएका आफ्ना जनप्रतिनिधिले जनताको मन जित्नेगरी काम गर्ने एमाले चितवनको भनाई छ ।

एमालेले मतपत्र च्यात्नेलाई साक्षी राखेर सपथ नलिने भन्दै सपथ बहिस्कार गरेको जनाएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिले आज सपथ लिदैँ छन् ।

(https://www.smallhandsbigart.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?