ब्यबसायीद्वारा सापटी कोषको स्थापना !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २७, २०७५
|
|
२१ पटक हेरिएको
Shares
ब्यबसायीद्वारा सापटी कोषको स्थापना !

सारांश

  • हेटाैडा, २७ वैशाख ।
  •    लामो समय देखि रहेको  सिन्डिकेट को संजाल भत्काउन सरकार सफल भएको देखिएको छ।
  • सिन्डिकेट हटाउने सरकारको निर्णय बिरुद्द व्यवसायी यातायात बन्द गरेर आन्दोलनमा उत्रिए पछि राज्यले अत्यावस्यक सेवा रोकेको भनि समितिका प्रतिनिधिहरुलाई धमाधम पक्राउ गरि मुद्दा लगाउने तयारी पछि व्यवसायी सिन्डिकेट छोडेर कम्पनीमा जान तयार भएका हुन।

हेटाैडा, २७ वैशाख ।   लामो समय देखि रहेको  सिन्डिकेट को संजाल भत्काउन सरकार सफल भएको देखिएको छ।

सिन्डिकेट हटाउने सरकारको निर्णय बिरुद्द व्यवसायी यातायात बन्द गरेर आन्दोलनमा उत्रिए पछि राज्यले अत्यावस्यक सेवा रोकेको भनि समितिका प्रतिनिधिहरुलाई धमाधम पक्राउ गरि मुद्दा लगाउने तयारी पछि व्यवसायी सिन्डिकेट छोडेर कम्पनीमा जान तयार भएका हुन।

अहिले यातायात समितिहरुका सम्पूर्ण खाताहरु रोक्का गरिएका छन्। तर यातायात भने सुचारु भैरहेका छन्। खाता बन्द भएको कारण बाटोमा दुर्घटना लगायत केहि समस्या आए समितिले हेर्ने अवस्था नभए पछि व्यवसायी चिन्तित थिए।

नीति नियम बनाएर जाँदा केहि समय लाग्ने भएकोले तत्कालको लागि के गर्ने भन्ने समस्या थियो। यहि समस्यालाई समाधान गर्ने उदेश्यले नेपालकै सबै भन्दा अग्रणी तथा ठुलो संस्था नारायणी यातायात व्यवसायी संघका पूर्व अध्यक्षहरु माधव अधिकारी र गोकर्ण प्रसाद पराजुलीको अग्रसरतामा व्यवसायीको यो समस्यालाई तत्काल निकास दिनको लागि बिकल्प तयार पारिएको छ।

वहाँहरुले प्रति सवारी साधन ५००० को दरले लिनेगरि बैंक अफ काठमाडौँको हेटौडा शाखामा सापटी कोषको स्थापना गर्नुभएको छ, खाता खोले लगतै १४० सबारीबाट ७ लाख जम्मा भैसकेको र अझ यो बढ्ने क्रममा रहेको छ। कति व्यवसायीले थाहा नै नपाएका र थाहा पाएपछि झनै बढ्ने पराजुलीले बताए।

दुर्घटना लगायत अन्य समस्या आउदा तत्काल समितिबाट व्यवसायीले सेवा पाउदै आएकोमा समितिका खाता रोक्का भएपछि व्यवसायीको समस्यालाई ध्यानमा राखी यसो गरिएको पुर्ब अध्यक्ष पराजुलीले बताउनु भयो। तत्काल समस्या आए कोषबाट सापटी स्वरूप रकम लिन सकिने र पछि सोधभर्ना गरिने वहाले बताउनु भयो।

राज्यले यातायात क्षेत्रमा भएको सेन्ट्रीगेट संगै अन्य क्षेत्रमा रहेको सेन्ट्रीगेट पनि अन्त्य गर्नुपर्ने व्यवसायीहरु नै बताउछन।यातायात जस्तै हरेक क्षेत्रमा संघको नाममा मनोमानी हुदा उपभोक्ता मारमा पर्ने गरेको हुदा राज्यका निकायबाट नै अनुगमन गरि नियन्त्रण गर्नु नितान्त जरुरि छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nabaraj Ghimire

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?