वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
वीरगन्जमा आजदेखि ‘नो हर्न’ र ‘नो प्लास्टिक’ ! फोटोफिचर

सारांश

  • वीरगञ्ज, १७ पुुुस ।
  • वीरगञ्ज महानगरपालिकाले आजदेखि हर्न र प्लास्टिक प्रयोगमा निषेध लगाएको छ ।
  • अग्रेजी नयासालको स्वागत गर्दै महानगरलाई सफा राख्न र सभ्य बनाउन हर्न र प्लास्टिकमा निषेध गरिएको हो ।

वीरगञ्ज, १७ पुुुस । वीरगञ्ज महानगरपालिकाले आजदेखि हर्न र प्लास्टिक प्रयोगमा निषेध लगाएको छ । अग्रेजी नयासालको स्वागत गर्दै महानगरलाई सफा राख्न र सभ्य बनाउन हर्न र प्लास्टिकमा निषेध गरिएको हो ।

महानगरको मंसिर १८ गते बसेको कार्यपालिका बैठकले वीरगञ्ज महानगरपालिकालाई पुस १७ बाट हर्न निषेध र प्लाष्टिक निषेध गर्ने निर्णय गरेको थियो । त्यही अनुरुप हर्न र प्लास्टिक निषेध गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले आज बिहान नो हर्न र प्लास्टिक प्रयोगमा लगाइएको प्रतिबन्धको बारेमा निकालेको रयाली नगरपरिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो । महानगरपालिकाले सुरु गरेको यो सचेतना अभियान एक हप्ता चलाउने छ ।

अभियानमा सहभागीहरुले ‘मेरो धर्ती, मेरो माटो, मेरो आँगन, मेरो बाटो, मै सफा गर्छु, कुर्दिनँ कसैको बाटोलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए । महानगरपालिकाका वडा समितिको नेतृत्वमा ३२ सबैवडामा समुदाय प्रहरी साझेदारीले बिहान ७ः३० बजे देखि ८ बजेसम्म आधा घण्टा पलास्टिक टिप्दै सरसफाइ अभियान संचालन गरेको थियो ।

कार्यक्रममा बोल्दै पहिलो वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा। भीष्मकुमार भुषालले एक साता सम्झाउने तर अटेर गरेको खण्डमा दण्डात्मक उपाय अपनाउने नीति अख्तियार गरिएको जानकारी गराए ।

नगरबासीले आफ्नै लागि नगर सभाराख्न अघीबढनु पर्ने बताउदै उहाले भन्नु भयो,“ हामीले सक्छौं भन्ने भाव देखाएर सहयोग गर्नुभयो भने राम्रै हुन्छ ,होइन भने पुस २४ देखि महानगरपालिका र जिल्ला ट्राफिक कार्यालयले दण्डात्मक उपायहरु ल्याउँछ नै ।’

वीरगञ्ज महानगरपालिकाले प्लाष्टिक जथाभावी फाल्नेको फोटो खिचेर महानगरपालिकालाई दिएको खण्डमा उसलाई गरिने जरीवानाको २५ प्रतिशत दिने घोषणा समेत गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले वार्षिक १२ करोड खर्च गर्दा समेत महानगरपालिका सफा हुन नसकेकोले अब कारबाहीको बाटो अपनाउने बताउनु भयो ।

‘फोहोरी र कोलाहाबाट वीरगञ्जलाई मुक्ति दिन जथाभावी फोहोर फाल्ने र हर्न बजाउनेलाई सुरुमा कम्तीमा ५ हजार जरीवाना गर्छौं । त्यसपछि बढाउँदै १ लाखसम्म लिन्छौं’, मेयर सरावगीले भने । सरावगीले वीरगञ्ज महानगरपालिकाबाट प्रदान गर्ने सेवा सुविधा रोक्ने समेत चेतावनी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमसीसीमा सैन्य संलग्नता निषेध : अमेरिकी दूतावास
एमसीसीमा सैन्य संलग्नता निषेध : अमेरिकी दूतावास
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
प्रतिनिधिसभाअन्तर्गतका समितिले आज पूर्णता पाउँदै
विश्व कपमा बंगलादेशको धमाकेदार जित, दक्षिण अफ्रिकाको दोस्रो हार
विश्व कपमा बंगलादेशको धमाकेदार जित, दक्षिण अफ्रिकाको दोस्रो हार
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
निःशुल्क स्वास्थ्य शिविर गर्दै नमो क्षेत्रपाल आयुर्वेद
साउदी राजकुमारले स्वीकारे पत्रकार खसोग्गी हत्या
साउदी राजकुमारले स्वीकारे पत्रकार खसोग्गी हत्या
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार सुरक्षा गुल्म बीरगंजले लागुऔषध सहित युबाहरु पक्राउ
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति
आजको मौसम: समान्यतया सफा रहने
आजको मौसम: समान्यतया सफा रहने

तपाईंले छुटाउनुभयो कि?