यसरी बन्दैछ नेपालमै पानीजहाज, २ महिनापछि सञ्चालनमा आउने
सारांश
- चितवनका युवाहरू मिलेर ’रिभर क्रुजशिप’ अर्थात् पानीजहाजको निर्माण गरिरहेका छन्।
- राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा ६ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ।
- उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्।
चितवनका युवाहरू मिलेर ’रिभर क्रुजशिप’ अर्थात् पानीजहाजको निर्माण गरिरहेका छन्। राइनो वाटर इन्टरटेन्मन्ट प्राइभेट लिमिटेडले चितवनको काभ्रेघाटमा ६ महिनादेखि पानीजहाज बनाउने काम गरिरहेको छ। उक्त कम्पनीका प्रबन्धक निर्देशक रामचन्द्र कँडेल अध्ययनको सिलसिलामा पहिलोपटक जर्मनी गएका बेला आफूलाई पनि पानीजहाज बनाउने विचार आएको बताउँछन्।
“म युरोपमा भएको बेला स्वीडनबाट फिनलन्डसम्म क्रुजमा यात्रा गर्दा नेपालका नदीहरूमा पनि पानीजहाज सञ्चालन गर्न सकिन्छ भन्ने लागेको थियो,“ कँडेलले भने। त्यही विचारलाई मूर्त रूप दिन साथीहरूसँग मिलेर पानीजहाज बनाउने काम थालेको उनले बताए।

नेपालमा पहिलो पटक पानीजहाज बन्न लागेको कँडेलको दाबी छ। यसका लागि सिङ्गापुर, मलेशिया, चीन, जर्मनी र भारतका क्रुज निर्माता कम्पनीहरूमा गएर अवलोकन गरिएको उनले बताए।
नारायणी नदीमा पानीजहाज सञ्चालनको लागि सिङ्गापुर र भारतका प्राविधिकहरूले नारायणीको जलप्रवाह मापन तथा अन्य चुनौतीहरूको अध्ययन र पर्यावरणीय प्रभाव मूल्याङ्कन एक वर्षसम्म गरेका थिए। पानीजहाज निर्माणका लागि झन्डै करिब ३५ करोड लगानी लाग्ने अनुमान गरिएको छ।
भारतको ग्रान्ड्युर मरीन इन्टर्न्याश्नल कम्पनीले नर्वेजियन प्रविधिमा उक्त पानीजहाजको निर्माण गरिरहेको छ। पर्यटन वर्ष सन् २०२० लाई लक्षित गरी निर्माण गरिएको पानीजहाज सञ्चालनमा आएपछि त्यसले पर्यटनमा सघाउ पुर्याउने योजनाकारको अपेक्षा रहेको छ।
चितवन घुम्न आउने पर्यटकहरूले चितवन राष्ट्रिय निकुञ्जको अवलोकनपछि नारायणी नदीमा पान जहाजको पनि मज्जा लिऊन् भन्ने आफ्नो उद्देश्य रहेको कँडेलले बताए। कँडेलले भने, “नारायणी नदीमा जलपर्यटन उद्योग विकास गर्ने हिसाबले पानीजहाज सञ्चालन गर्न लागिएको हो।“
दुई महिनापछि सञ्चालनमा ल्याउने तयारी भइरहेको उक्त पानी जहाजले ज्ञानेश्वर सामुदायिक वनदेखि देवघाट-गोलाघाटसम्म सञ्चालन गर्ने अनुमति पाइसकेको बताइएको छ। एक सय मिटर लम्बाइ र २५ मिटर चौडाइ रहेको उक्त पानीजहाजमा दुईतले हुनेछ र त्यसमा दुई सय जना अट्छन्।
पानीजहाजमा बिहान, दिउँसो र बेलुकीको खाना तथा खाजाको व्यवस्था हुने बताइएको छ। पवित्र तीर्थस्थल देवघाटदेखि चितवनको सीमा गोलाघाट सम्मको यात्रा पूरा गर्न तीन घण्टा लाग्नेछ। पानीजहाजको चढ्न र झर्ने पोर्ट भने चितवनको ज्ञानेश्वर सामुदायिक वनको काभ्रेघाटमा बनाइएको छ। बिबिसीबाट
साउन ५ गते आइतबारको राशीफल यस्तो छ
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पारिवारिक जीवनपनि सन्तोषप्रद रहनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । सोचेका काम पूरा हुनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) दाम्पत्य जीवन सुखमय हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रमणीय र सुखद यात्राको योग छ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आजको दिन सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । न्यायिक कार्यमा सफलता मिल्नेछ । पुनर्मिलनको योग रहेको छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको कार्य पुरा होला । मनमा शान्तिको अनुभूति हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । वैदेशिक क्षेत्र कमजोर रहला ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक यात्राको योगछ । बौद्धिक कार्यमा सफलता मिल्नेछ । आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् । प्रेमीको सहयोग मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दबाब र तनाव बढेको महसुस हुनेछ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । अनावस्यक झुटा आरोप लाग्ने हुँदा सजक रहनुहोला । ( ज्यो.प. नारायणप्रसाद दुलाल)
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्ने लगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने बताएका छन् । उनले सरकारको काम–कारबाही प्रभावकारी नभएको भन्दै मन्त्री परिवर्तन गर्नसमेत माग गरेका छन् ।
‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्नेगरी विगतमा तत्कालीन एमाले र माआवादी केन्दका नेताबीच पाँचबुँदे सहमति भएकै हो’, रिपोर्टर्स क्लब नेपाल प्रदेश नम्बर ५ ले आज आयोजना गरेको साक्षात्कारमा पौडेलले बोल्दै उनले यस्तो बताएका हुन् । उनले अगाडि थपे, ‘सार्वजनिक नै भइसकेको विषय लुकाउनुपर्ने कुनै कारण छैन । विगतको यही सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्नुपर्छ ।’
नेकपा नेताबीच विगतमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भए पनि यसलाई लिएर नेताहरू विभाजित छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली निकट नेता यही सरकारले ५ वर्षसम्मै नेतृत्व गर्नुपर्ने पक्षमा छन् भने तत्कालीन माओवादीभित्रका तथा बाहिरका केही नेता भने विगतको भद्र सहमति पालना गरेर अघि बढ्नुपर्ने पक्षमा छन् ।
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
प्राध्यापक डा सुरेन्द्र केसीले नेत्रविक्रम चन्द विप्लवलाई योजनावद्ध तरिकाले अहिलेको गतिविधिमा खटाइएको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा २ साउनमा बोल्दै उनले योजनावद्ध तरिकाले पठाइएका उनलाई योजनामुताबिक नै ल्याइने खुलासा समेत गरे ।
‘विप्लवलाई कुनै उद्देश्यले योजनावद्ध तरिकाले पठाइएको हो,’ डा। केसीले भने,‘योजनामुताबिक नै उनलाई ल्याउन सकिनेछ ।’ विप्लवको समस्या सृजना हुनुमा वर्तमान राजनीतिक नेतृत्व दोषी भएको आरोप लगाए ।
जातीय र क्षेत्रीयका अलावा साम्प्रादायिक मुद्दा उठाएर देशलाई समस्यामा पारेकाले विप्लव जन्मिएको बताए । उनले राजनीतिक अपरिपक्वताले देश समस्यामा परेको समेत बताए ।
शनिबारको दिन यसरी आलु चप बनाएर खानुस्
खाजाको परिकारको लागि आलु चप राम्रो र बनाउन एकदमै सजिलो परिकार हो । अझ साउन महिनामा माछामासु नखाने शाकाहारीका लागि त आलुचप विशेष परिकार नै हुन्छ । बाहिर किनेर खाँदा तेलको गुणस्तर कम हुने, बासी हुन सक्ने हुँदा, यसलाई घरमै सजिलो तरिकाले बनाएर ताजा नै खान सकिन्छ ।
आवश्यक सामग्रीः
धनियाँको पात र दाना, रातो र हरियो खुर्सानी, प्याज, नुन, जिरा, बेसार, अदुवा, बिरे नुन, रातो खुर्सानीको धुलो, आलु, बेसन, तेल
बनाउने विधिः
बेसनमा पानी हालेर मुछ्ने । अर्को भाँडामा उसिनेको आलुलाई हातले मुछ्ने ।
जिरा र धनियाँको दानालाई भुटेर पिस्ने । मुछेको आलुमा नुन, खुर्सानी, लगायत सबै मसला राख्ने र मिक्स गर्ने । आलुलाई थोरै थोरै लिएर गोलो आकारको बनाउंदै जाने । त्यसपछि पालै पालो तेल राखिएको बेसनमा चोब्दै फ्राई गर्ने । अलि अलि रातो हुँदै गएपछि आलु चप तयार हुन्छ । यसरी पकाइको आलुचपलाई अचार वा केचपसँग चोप्दै खान सकिन्छ ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री अब्बासी पक्राउ
बीबीसी। पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई नेशनल एकाउन्टिबिलिटी व्यूरो अर्थात एनएबीका १२ सदस्यको टीमले पक्राउ गरेको छ।
अब्बसीलाई करोडौं रुपैयाँका लिक्विफाइड नेचुरल ग्यास (एलएनजी) आयात गर्न सहमति दिँदा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरिएको बीबीसीले जनाएको छ।
पाकिस्तानी समाचार च्यानले डन न्युज टेलिजिभनका अनुसार अब्बासी पत्रकार सम्मेलन गर्न जाँदै गर्दा पक्राउ गरिएको हो। अब्बासीसँग पीएमएल–एन नेता अहसान इयबाल पनि गिए। अब्बासीले सुरुमा पक्राउको विरोध गरेका थिए। तर, पछि उनले एनएबी समक्ष आत्मसमपर्ण गरेका थिए।
अब्बासीलाई शुक्रबार आज एकाउन्टिबिलिटी अदालतमा पेश गरिनेछ। मेडिकल टोलीले उनको स्वास्थ्य परीक्षण गर्ने बताइएको छ। एलएनजी मामिलामा उपस्थित हुन उनलाई पत्र पठाएपनि उनी उपस्थित भएका थिएनन्। पूर्व राष्ट्रपति आसिफ अली जरदारी र पूर्व प्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचार गरेको अभियोगमा जेलमा छन्।
अब्बासी विपक्षी दल पीएमएल–एन पाकिसतान मुस्लिम लिग–नवाजका दोस्रो ठूला नेता हुन्। एनएबीका अधिकारीले अब्बासीलाई लाहोल टोट प्लाजा नजिकै रोकेका थिए। उनी पीएमएल–एनका प्रमुख नवाज सरिफका भाइ शहबाज ररिफलाई भेट्न जाँदै थिए। पीएमएल–एनका प्रवक्ता मरियम औरंगजेबले अब्बासी पक्राउको विरोध गरेका छन्। उनले वारेन्ट जारी नगरी अब्बासीलाई पक्राउ गरेको भन्दै निन्दा गरेका छन्।
बुद्ध मुर्ति तोडफोडको बौद्धसम्बन्धी विभिन्न संघसंगठनको भत्र्सना
रुपेन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित बुटवल बेलहिया सडकखण्डको ६ लेन सडकको डिभाइडरमा राखिएका बुद्ध मुर्ति अज्ञात समूहद्वारा तोडफोड गरिएपछि अहिले यो विषयको देशव्यापी निन्दा भइरहेको छ ।
मुर्ति तोडफोड भएपछि अहिले बौद्ध धर्मसम्बन्धी विभिन्न संघसंस्थाले भत्र्सना गरेका छन् । नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेनले विज्ञप्ति जारी गर्दै विश्व शान्तिको प्रतिक बुद्धको मुर्तिलाई तोडफोड गरी मुलुकमा अशान्ति निम्त्याउने र धार्मिक सद्भाव खलबलाउने कुकार्यले कसैको हित नहुने बताएका छन् । उनले यस्तो कार्यप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको भन्दै मुर्ति तोडफोडमा संलग्नलाई अलिवम्व कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।
अखिल नेपाल भिक्षु महासंघले पनि विज्ञप्ति निकाल्दै उक्त घटनाको भत्र्सना गरेको छ । बुद्धको जन्मभूमिमै यस्तो प्रकारको घटनाले लज्जित बनाएको भिक्षु महासंघको भनाई छ । बौद्ध युवा कमिटी ललितपुरले विहीबार छुट्टै विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेको छ ।
उता, रुपेन्देहीमा रहेको अन्तराष्ट्रिय बुद्ध परियत्ति उदय बुद्ध विहारले पनि मुर्ति तोडफोडकोा घटनाको भत्र्सना गर्दै विज्ञप्ति जारी गरेको छ । विहारको विज्ञप्तिमा पद्म चैत्य विहार, नेपाल मगर बौद्ध सेवा समाज, संघीय परिषद, नेपाल मगर बौद्ध सेवा समाज, प्रदेश ५ र नेपाल मगर बौद्ध सेवा समाज, जिल्ला परिषद रुपेन्देहीले पनि ऐक्यवद्धता जनाएका छन् ।
तामांग बौद्ध महासंघले पनि घटनाको भत्र्सना गर्दै विज्ञप्तिमार्फत विरोध जनाएको छ । यस्तो घटनाले सबैलाई चिन्तित बनाएको उल्लेख गर्दै दोषीलाई कारवाही गर्न महासंघले माग गरेको छ ।
बुद्ध मूर्ति तोडफोड गर्नेलाई कारवाही गर्न पर्यटनमन्त्रीको माग
रुपन्देहीको तिलोत्तमामा बुद्ध मूर्ति तोडफोड गरिएको घटनाप्रति प्रदेश सरकारले चासो देखाएको छ । प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जिल्लाका सुरक्षा निकाय र प्रशासनका प्रमुखलाई बोलाएर बुद्ध मूर्ति तोडफोडमा संलग्नलाई यथाशीघ्र कानूनी दायरामा ल्याई कारवाही गर्न निर्देशन दिएका हुन् ।
रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापा, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक बसन्त बोगटी र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख नविन अधिकारीलाई मन्त्रालयमा बोलाएर उनले बुद्ध मूर्ति तोडफोडको घटनालाई गम्भिर रुपमा लिएर छिटो कानूनी दायरामा ल्याउन आग्रह गरेका हुन् ।
घटनाले शान्तिप्रिय जनताको भावनामा चोट पुग्नका साथै बुद्धको जन्मभूमिबारे विश्वभर नकारात्मक सन्देश फैलाउने प्रयास भएको उनले बताए । मन्त्री गिरीले दोषी पत्ता लगाउन ढिला हुँदा धार्मिक सदभावमा असर पुग्ने र राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय समुदायमा नकारात्मक सन्देश जानेतर्फ संवेदनशील बन्न आग्रह गरे ।
लुम्बिनी भ्रमण बर्ष २०७६ का अवसरमा तिलोत्तमा नगरपालिकाले नगर क्षेत्रमा पर्ने सिद्धार्थ राजमार्गको मुख्य डिभाइडरमा तीनसय मिटर दुरीको अन्तरमा स्थापना गरेका २२ वटा बुद्धका मूर्ति राखिएको थियो ।
जसमध्ये नयाँमिलदेखि शंकरनगरसम्म राखिएका बुद्ध मुर्तिहरु बुधबार राति अज्ञात समूहले तोडफोड गरेको थियो ।
घटनाको चौतर्फी विरोध भइरहेको छ । शुक्रबार बौद्ध धर्मावलम्बी संघसंस्थाले घटनाको विरोध र सामाजिक तथा धार्मिक सद्भावको आव्हान गर्दै मणिग्रामर्मा याली निकालेका छन् ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईको नेतृत्वमा ६ सदस्यीय टोली गठन गरेको छ । टोलीले बिहीबारबाटै काम थालेको छ ।
प्रतिक्रिया