डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण ३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना : ओस्कारका विद्यार्थीलाई निलुको छात्रवृत्ति

सारांश

  • काठमाडौं- हृदयाघातका कारण दुई साताअघि निधन भएकी निर्देशक निलु डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना भएको छ।
  • उक्त छात्रवृत्ति ओस्कार फिल्म कलेजका तीन विद्यार्थीले पाउनेछन्।
  • डोल्माको परिवार र कलेजबीच आइतबार छात्रवृत्ति सम्झौता गरिएको छ।

काठमाडौं- हृदयाघातका कारण दुई साताअघि निधन भएकी निर्देशक निलु डोल्मा शेर्पाको नाममा छात्रवृत्ति स्थापना भएको छ। उक्त छात्रवृत्ति ओस्कार फिल्म कलेजका तीन विद्यार्थीले पाउनेछन्। डोल्माको परिवार र कलेजबीच आइतबार छात्रवृत्ति सम्झौता गरिएको छ। कलेजका तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माकी आमा छिरिङ शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौताअनुसार ओस्कारमा पढ्ने तीन जना जेहेन्दार विद्यार्थीले तीन वर्षका लागि कुल एक लाख रकम प्राप्त गर्नेछन्। छात्रवृत्तिका लागि महिला तथा लैंगिक अल्पसंख्यकलाई प्राथमिकता दिइनेछ। निलुले गत साल ‘हाउफन्नी’ निर्देशन गरेकी थिइन् भने ‘मिथ्या’ पोस्ट प्रोडक्सनको चरणमा छ।

निलुको नाममा प्रदान गरिने यो छात्रवृत्तिसँगै ओस्कर कलेजमा छात्रवृत्तिको संख्या २२ पुगेको पौडेलले जानकारी गराए। ओस्कारलाई यसअघि नै नेपाल चलचित्र विकास बोर्डले १० जनालाई, सिंगापुरको इन्पि्कनिटी स्टुडियोले ५ जनालाई छात्रवृत्ति दिँदै आएको छ भने कलेजले ४ जना महिलालाई ५० प्रतिशत छुटमा पढाउँदै आएको छ। छात्रवृत्ति यही साउन महिनादेखि सुरु हुने शैक्षिक सत्रदेखि प्रदान गरिनेछ।

यसैबीच ओस्कार कलेजका ६ जना विद्यार्थी थाइल्यान्डमा हुन गइरहेको लघु फिल्म प्रतियोगिताका लागि छनोट भएका छन्। जुलाई १९ देखि २८ सम्म बैंककमा हुने पाँचौं अन्तर्राष्ट्रिय लघु फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन्। १० दिनसम्म चल्ने प्रतियागितामा कलेजबाट  असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेती, सजल लोप्चन, दिवस अम्गाईं र जेसन लोप्चन छानिएका छन्। प्रतियोगितामा उत्कृष्ट हुने समूहले बनाएको फिल्मले ३ लाख थाइ भाट जित्नेछन् भने थप ८ फिल्मले ३० हजार थाइ भाट प्राप्त गर्नेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?