साउदी राजकुमारले स्वीकारे पत्रकार खसोग्गी हत्या
सारांश
- साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् ।
- आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन् ।
- मोहम्मद बिन सलमानले यो कुरा सार्वजनिक रुपमा घोषणा भने गरेका छैनन् ।
साउदीमा गत वर्ष पत्रकार जमल खसोग्गीको हत्या आफ्नै निगरानीमा भएको साउदी राजकुमार मोहम्मद बिन सलमानले स्वीकार गरेका छन् ।
आगामी साता सार्वजनिक हुँदै गरेको एक दस्तावेज अनुसार उनले ‘यो मेरै आँखा अगाडि भएको थियो’ भनेका छन् । मोहम्मद बिन सलमानले यो कुरा सार्वजनिक रुपमा घोषणा भने गरेका छैनन् ।
साउदी अधिकारीले उक्त घटनामा सलमानको भूमिका नरहेको बताउँदैआएका छन् । पत्रकार मार्टिन स्मिथले सार्वजनिक गर्न लागेको दस्तावेजमा यस्तो खुलासा भएको हो । गत वर्ष भएको खसोग्गीको हत्यालाई संसारभर चासोका साथ हेरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया