भ्रममा नपर्नु! जापानका लागि सरकारले कुनै श्रम स्वीकृति दिन थालेको छैन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १९, २०७५
|
|
२७ पटक हेरिएको
Shares
भ्रममा नपर्नु! जापानका लागि सरकारले कुनै श्रम स्वीकृति दिन थालेको छैन

सारांश

  • काठमाडौं ।
  • जापानमा नेपाली कामदार पठाउन कुनै काम शुरु नभएको सरकारले स्पष्ट पारेको छ ।
  • वैदेशिक रोजगारसँग आवद्ध केही संस्थाले जापानमा रोजगारीमा जान सरकारले श्रम अनुमतिसमेत दिन थालिसक्यो भन्दै विज्ञापन गर्न थालेका छन् ।

काठमाडौं । जापानमा नेपाली कामदार पठाउन कुनै काम शुरु नभएको सरकारले स्पष्ट पारेको छ । वैदेशिक रोजगारसँग आवद्ध केही संस्थाले जापानमा रोजगारीमा जान सरकारले श्रम अनुमतिसमेत दिन थालिसक्यो भन्दै विज्ञापन गर्न थालेका छन् । त्यो विज्ञापन भुठो भएको र कुनै काम शुरु नभएको वैदेशिक रोजगार विभागले विज्ञप्ति निकालेर स्पष्ट पारेको छ ।

केही म्यानपावर कम्पनीले विभिन्न पत्रपत्रिकामा जापानका लागि सरकारले कामदार पठाउन अनुमति सरकारले खोलिसकेको भन्दै विज्ञापन निकालेको गलत भएको विभागले जनाएको छ । जथाभावी भ्रम पार्ने खालका विज्ञापन निकालेमा म्यानपावर कम्पनीलाई कानुन वमोजिम कारबाही गर्ने चेतावनी विभागले दिएको छ।

‘नेपालबाट कामदार पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भई नसकेको सूचित गराईन्छ,’ विभागले निकालेको विज्ञप्तीमा भनिएको छ, ‘जापान पठाउने भनी संस्थागत र व्यक्तिगत कम्पनीबाट गरिएका सबे काम कानुन विपरित देखिएकाले तत्काल यस्ता गतिविधि नगर्न तथा नराउन सबैमा सूचित गरिन्छ।’

श्रम अनुमति खुलेको विज्ञापन गरी रोजगारमा जान चाहनेलाई भ्रममा नपर्न आग्रह गरेको छ । अहिलेसम्म नेपालबाट श्रम अनुमति दिएर कामदार पठाउने विषयमा सरकारसँग कुनैपनि निर्णय भैनसकेको स्पष्ट पारिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?