अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
३६ पटक हेरिएको
Shares
अाशा गरिएकाे जुडोमा पनि नेपाल पदकविहीन !

सारांश

  • काठमाडौँ, १५ भदौ ।
  • इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ ।
  • आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।

काठमाडौँ, १५ भदौ । इण्डोनेशियामा जारी १८औँ एशियाली खेलकूदमा नेपाल जुडोमा पदकविहीन भएको छ । आज सम्पन्न खेलमा नेपालका तीन खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् । आज सम्पन्न पुरुष १०० किलोमुनि तौल समूहमा रविन श्रेष्ठ उज्वेकिस्तानका जुराएभसँग पराजित भए । पुरुष ९० किलोमुनि तौल समूहमा श्रीराम मकाजु ताजकिस्तानका कोमरोशेख उस्तोपिरियोनसँग तथा महिला ७८ किलोमुनि तौल समूहमा पुनम श्रेष्ठ दक्षिण कोरियाकी युजिन पार्कसँग पराजित भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । बिहीबार दक्षिण एशियाली खेलकूद (साग) की स्वर्ण पदकधारी तथा ओलम्पियन फूपुल्हामु खत्री, मनिता श्रेष्ठ प्रधान र सञ्जीत डङ्गोल पराजित भएका थिए ।

यसअघि बुधबार दुई तथा बिहीबार तीन खेलाडी पहिलो चरणमा नै पराजित भएका थिए । नेपालबाट जुडोमा आठ खेलाडीले सहभागिता जनाएका थिए । यही भदौ २ गतेदेखि शुरु भएको एशियाली खेलकूद शनिबार सकिँदैछ । जारी प्रतियोगितामा नेपालले २९ खेलमा प्रतिस्पर्धा गरेको थियो । नेपालले प्याराग्लाइडिङमा एउटा मात्र रजत पदक जितेको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Prasad

    अब खेल त के देश र जनताको मेहनत विहीन हुदै गएको छ सम्मान गर्ने कुरा त परै जावोश

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?