यसरी बिताउँनेछन् चिनियाँ राष्ट्रपतिले २० घण्टा नेपालमा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०७६
|
|
२० पटक हेरिएको
Shares
यसरी बिताउँनेछन् चिनियाँ राष्ट्रपतिले २० घण्टा नेपालमा

सारांश

  • चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार दिउँसो करिब साढे ३ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरर्रा्ष्ट्रिय विमानस्थलमा अर्लिने छन्।
  • विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ।
  •  राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङ शनिबार दिउँसो करिब साढे ३ बजे काठमाडौंस्थित त्रिभुवन अन्तरर्रा्ष्ट्रिय विमानस्थलमा अर्लिने छन्। विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई स्वागत गर्ने कार्यक्रम छ। राष्ट्रपति सी विमानस्थलबाट सिधै कालिमाटीस्थित सोल्टी होटल पुग्नेछन्। परराष्ट्र मन्त्रालयले उपलब्ध गराएको समय तालिका अनुसार साढे ४ बजेपछि सोल्टी होटलमा नेपालका राष्ट्रपति भण्डारीसँग सीको भेटवार्ता हुनेछ।

आइतबार बिहान साढे ७ बजेपछि सोल्टी होटलमै राष्ट्रपति सीले नेपालका नेताहरुसँग विभिन्न चरणमा भेटवार्ता गर्ने कार्यक्रम छ। त्यस्तै साढे ८ बजे प्रधानमन्त्री ओली र सीबीच द्विपक्षीय छलफल हुनेछ। छलफल लगत्तै दुबै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

सूचना तथा प्रसारण विभागले चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको रिपोर्टिङ गर्ने पत्रकारलाई ड्रेस कोड तोकेको छ। विभागले निकालेको सूचनामा सरकारी मिडियाका पत्रकारका लागि राष्ट्रिय पोषाक र निजी मिडियाका पत्रकारलाई पुरुषका लागि ’टाइसहित सुट सेट’ र महिलाका लागि ’सुट सेट, सारी वा सभ्य कुर्ता’ तोकिएको छ। निजी सञ्चारमाध्यमका एकजना पत्रकार र एकजना फोटो पत्रकारलाई सरकारले रिपोर्टिङका लागि पास दिएको छ।

आइतबार साढे ११ बजेपछि राष्ट्रपति सी बेइजिङका लागि चीनतर्फ प्रस्थान गर्ने कार्यक्रम समय तालिकामा उल्लेख छ। सी शुक्रबार भारतस्थित चेन्नाई हुँदै ममल्लिपुरम पुगेका छन्। त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गर्दैछन्। ममल्लिपुरमको तटीय क्षेत्रमा डुंगा सयरसँगै वार्ता तय भएको छ। यो वार्तालाई उहान– २ नामाकरण गरिएको छ। दोक्लम विवादपछि उहान १ वार्ताले भारत र चीन आपसमा नजिकिएका छन्।

चीनबाट २३ वर्षपछि यो स्तरको भ्रमण हुन लागेको हो। सन् १९९६ मा जियाङ जेमिनले नेपालको भ्रमण गरेका थिए। यद्यपि चीनबाट प्रधानमन्त्री र विदेशमन्त्री स्तरमा भने नेपालमा भ्रमण भइरहेका थिए। चिनियाँ राष्ट्रपति सीसँग रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल हुनेछ। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्र अधिकारीले जनाएका छन्।

भौतिक पूर्वाधार तथा योजना मन्त्रालयबाट आठ, ऊर्जा मन्त्रालयबाट तीन, गृह र शिक्षा मन्त्रालयबाट एकएक योजनामा छलफल गर्ने गरी परराष्ट्रका उच्च अधिकारीहरू एजेन्डा तयारीमा व्यस्त छन्। उनीहरूका अनुसार चीनले पूर्व–पश्चिम रेलमार्गमा ठूलो सहायता घोषणा गर्ने तयारी छ। केरुङ–काठमाडौं सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको छ। नेपालले त्यही प्राथमिकता बुझेर तयारी अघि बढाएको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साउनको तेस्रो सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको तेस्रो सोमबार, कस्तो छ तपाईंको राशिफल?
दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
दुबइबाट फर्केका एकमा ‘एन्टीबडी पोजेटिभ’
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
विराटनगरमा विस्फाेट हुँदा एक बालककाे मुत्यु
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
नौ किलो सुनसहित एक क्यानेडियन नागरिक पक्राउ
ट्याक्सी चालकहरूका लागि नयाँ नियम
ट्याक्सी चालकहरूका लागि नयाँ नियम
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
मध्यरातमा विज्ञप्ति जारी गर्दै बाबुरामले भने  ‘एमाले माओवादी गठबन्धन सिन्डिकेट हो’ (पूर्ण पाठ)
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
पेस्तोल र गोलीसहित तीन जना पक्राउ- निर्माण व्यवसायी हत्याप्रकरण
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
खोरुंगा जलविद्युतको ५० प्रतिशत निर्माण सम्पन्न, तोकिएको म्यादभन्दा अघि सम्पन्न गर्ने लक्ष्य !
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल
गोविन्द केसीका कारण टिचिङको ४१ करोड आम्दानी गुम्यो, हाडजोर्नी विभागकै बेहाल

तपाईंले छुटाउनुभयो कि?