मोटरसाइकल चढेका दुईजनाको करेन्ट लागेर मृत्यु, एक घाइते
सारांश
- जनकपुर ।
- धनुषामा मोटरसाइकल चढेका दुईजना करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
- जिल्ला प्रहरी कार्यालयका अनुसार मिथिलाविहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साहको करेन्ट लागेर मृत्यु भएको हो ।
जनकपुर । धनुषामा मोटरसाइकल चढेका दुईजना करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मिथिलाविहारी नगरपालिकाका ३४ वर्षीय परमेश्वर मण्डल र सिरहा घर भई जनकपुरको कदम चोक बस्दै आएका ३१ वर्षीय जगन्नाथ साहको करेन्ट लागेर मृत्यु भएको हो ।
जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुरमा पोलको सहाराका लागि राखिएको तारमा आएको ११ हजार भोल्ट करेन्ट लागेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलबाट लड्दा नजिकैको बिजुलीको पोलमा ठोक्किएको थियो । पोललाई अड्याउन बाँधिएको तारबाट करेन्ट लागेपछि दुवैको घटनास्थलमा मृत्यु भएको थियो । बचाउन गएका सूर्यनारायण ठाकुरलाई करेन्ट लागेर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको ।
प्रतिक्रिया